आयोवा ककस : रिपब्लिकन पार्टीको आन्तिरक प्रतिस्पर्धामा ट्रम्प विजयी « Khabarhub

आयोवा ककस : रिपब्लिकन पार्टीको आन्तिरक प्रतिस्पर्धामा ट्रम्प विजयी


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकामा राष्ट्रपतीय निर्वाचन आउनै लाग्दा आयोवा राज्यमा भएको प्रतिस्पर्धामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएका छन् । आयोवा राज्यमा आयोजित रिपब्लिकन पार्टीको आन्तरिक प्रतिस्पर्धा (ककस) मा पूर्वराष्ट्रपति बाइडेनले फ्लोरिडाका गभर्नर रन डिसान्टिस र संयुक्त राष्ट्रसंघका लागि पूर्वअमेरिकी राजदूत निक्की हेलीलाई पछि पारे ।

आयोवा ककसमा पूर्वराष्ट्रपति ट्रम्पले ५१ प्रतिशत मत प्राप्त गर्दा डिसान्टिसले २१ र हेलीले १९ प्रतिशत मत पाएको एडिसन रिसर्चलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । यसलाई हालसम्मकै सबैभन्दा ठूलो अन्तर मानिएको छ ।

आयोवा ककसमा विजयी भएपछि ट्रम्पले धन्यवाद दिएका छन् । उनले आफ्नो ट्रुथ सोसल सामाजिक सञ्जालमा लेखेका छन्, ‘आयोवालाई धन्यवाद, म सबैलाई माया गर्छु ।’ विभिन्न कानुनी झमेलामा फसेका ट्रम्पको जितलाई निकै महत्वका साथ हेरिएको छ ।

आयोवा ककसको नतिजासँगै रिपब्लिकन पार्टीबाट राष्ट्रपतीय प्रतिस्पर्धामा रहेका युवा उद्यमी विवेक रामास्वामीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । केबल ८ प्रतिशत मत पाएका उनले अब ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ३ : ४३ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको