विपद् पूर्वतयारीमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री पाण्डे « Khabarhub

विपद् पूर्वतयारीमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री पाण्डे


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

वालिङ– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्का बेला गण्डकी प्रदेश सरकार जनताको साथमा छ भन्ने प्रत्याभूति गराएको बताएका छन् । 

२६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज स्याङ्जाको वालिङमा भएको उद्धार विपद् तथा नमुना अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै  उनले प्रदेशका विभिन्न ठाउँमा भएका विपदका समयमा गण्डकी प्रदेश सरकार तत्कालै विपद प्रतिकार्यमा जुटेको जानकारी दिए । 

गण्डकी प्रदेशभित्रका स्थानीय तहलाई पनि विपद् व्यवस्थापनका लागि न्यूनतम रु दश लाख विनियोजन गर्न निर्देशन दिइएको उनले बताए। उनले गण्डकी प्रदेश सरकारले विपदपछि आइपर्ने उद्धारकार्यका लागि तालिम, प्रशिक्षण, उपकरण खरिदमा सहयोग र सुरक्षाकर्मीको मनोबल बढाउने कार्य गर्दै आएको जानकारी दिए ।

काल्पनिक तर समाजले भोग्दै आएका घटनालाई नमुनाको रुपमा प्रस्तुत गरिएको उक्त अभ्यासले समुदायको भूमिका, नागरिकको भूमिका के हुन्छ भन्ने जनचेतना जगाउनका लागि नमुना अभ्यास प्रदर्शन गरिएको सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिनाले बताए ।

‘स्थानीय स्रोत र प्रविधिको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ, भन्ने मूल नारासहित गण्डकी प्रदेश सरकारको सहयोग, समन्वय र सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ बाहिनी मुख्यालयको आयोजनामा वालिङ– ९ स्थित भुम्रेमा बाढीपहिरो, भूक्षय, भूकम्प, आगलागी लगायतका विपद्का समयमा गर्ने विधिको नमुना प्रदर्शन गरिएको थियो ।

आँधीखोलाको किनारमा गरिएको नमुना अभ्यास प्रदर्शन अवलोकन गर्न गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेश सभाका सदस्य, स्याङ्जाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीयवासीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ३ : ४५ बजे

दिनभर स्थानीयको अवरोधपछि रातको समयमा धमाधम पिच, वडा अध्यक्ष नै फिल्डमा

काठमाडौं – काठमाडौंको बालाजु बाइपास सडक धमाधम पिच हुन थालेको

बालुवाटारमा एमालेले भन्योः अहिले विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था नगरौँ

काठमाडौँ– नेकपा एमालेले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा

अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पछिल्लो समय

सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता

उदयपुर – सुनकोशी नदीमा हाम फालेका उदयपुरको कटारी–३ च्याँगाका ६२

प्रदीप ज्ञवाली भन्छन्ः एमाले निर्वाचनबाट कहिल्यै भाग्दैन

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले