सूर्य तामाङले ह्याट्रिकसहित ६ विकेट लिँदा मधेशमाथि बागमतीको जित « Khabarhub

सूर्य तामाङले ह्याट्रिकसहित ६ विकेट लिँदा मधेशमाथि बागमतीको जित


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लगातार दुई खेलमा पराजय ब्यहोरेको बागमती प्रदेशले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । स्पीनर सूर्य तामाङको उत्कृष्ट प्रदर्शनमा बागमीले मधेश प्रदेशविरुद्ध ८६ रनको जित निकालेको हो ।

मूलपानी क्रिकेट मैदानमा जितका लागि १९१ रनको लक्ष्य पछ्याएको मधेशलाई १०४ रनमा अलआउट गर्न तामाङले ह्याट्रिकसहित ६ विकेट लिए । जारी प्रतियोगितामा ह्याट्रिक विकेट लिने तामाङ एक्लो खेलाडी हुन ।

तामाङले २९ औं ओभरको पहिलो बलमा रुपेश सिंहलाई २ रनमा बोल्ड गरे । दोस्रो बलमा राजेश यादवलाई विकेट किपर रबिन जोशीको हातबाट स्टम्पिङ्ग गराएका सूर्यले तेस्रो बलमा सांसद अन्सारीलाई प्रतिक श्रेष्ठको हातबाट क्याच आउट गराए । त्यसपछि २ बल डट फालेका सूर्यले रञ्जितकुमारलाई एलबीडब्लूको धरापमा पार्दै एकै ओभरमा ४ विकेट लिए ।

मधेशका पवन सराफले ४५ र मयन यादवले ३१ तथा निरज यादवले नट आउट १५ रन बनाउनु बाहेक अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बागमतीका प्रतिश जिसी र इशान पाण्डेले समान २ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले ४९.२ ओभरमा अलआउट हुँदै १९० रन बनाएको थियो ।
बागमतीका प्रतिश जिसीले सर्वाधिक ५९ रन बनाए । रविन जोशीले २१ र ओपनर इशान पाण्डेले १५ रन बनाएका थिए ।

मधेशका लागि रुपेश सिंह र अरनिको यादवले समान २-२ विकेट लिए । राजेश यादव, रञ्जित कुमार, हरिशंकर शाह र पवन सर्राफले १-१ विकेट लिए ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ४ : ०३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको