सूर्य तामाङले ह्याट्रिकसहित ६ विकेट लिँदा मधेशमाथि बागमतीको जित | Khabarhub Khabarhub

सूर्य तामाङले ह्याट्रिकसहित ६ विकेट लिँदा मधेशमाथि बागमतीको जित


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लगातार दुई खेलमा पराजय ब्यहोरेको बागमती प्रदेशले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । स्पीनर सूर्य तामाङको उत्कृष्ट प्रदर्शनमा बागमीले मधेश प्रदेशविरुद्ध ८६ रनको जित निकालेको हो ।

मूलपानी क्रिकेट मैदानमा जितका लागि १९१ रनको लक्ष्य पछ्याएको मधेशलाई १०४ रनमा अलआउट गर्न तामाङले ह्याट्रिकसहित ६ विकेट लिए । जारी प्रतियोगितामा ह्याट्रिक विकेट लिने तामाङ एक्लो खेलाडी हुन ।

तामाङले २९ औं ओभरको पहिलो बलमा रुपेश सिंहलाई २ रनमा बोल्ड गरे । दोस्रो बलमा राजेश यादवलाई विकेट किपर रबिन जोशीको हातबाट स्टम्पिङ्ग गराएका सूर्यले तेस्रो बलमा सांसद अन्सारीलाई प्रतिक श्रेष्ठको हातबाट क्याच आउट गराए । त्यसपछि २ बल डट फालेका सूर्यले रञ्जितकुमारलाई एलबीडब्लूको धरापमा पार्दै एकै ओभरमा ४ विकेट लिए ।

मधेशका पवन सराफले ४५ र मयन यादवले ३१ तथा निरज यादवले नट आउट १५ रन बनाउनु बाहेक अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बागमतीका प्रतिश जिसी र इशान पाण्डेले समान २ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले ४९.२ ओभरमा अलआउट हुँदै १९० रन बनाएको थियो ।
बागमतीका प्रतिश जिसीले सर्वाधिक ५९ रन बनाए । रविन जोशीले २१ र ओपनर इशान पाण्डेले १५ रन बनाएका थिए ।

मधेशका लागि रुपेश सिंह र अरनिको यादवले समान २-२ विकेट लिए । राजेश यादव, रञ्जित कुमार, हरिशंकर शाह र पवन सर्राफले १-१ विकेट लिए ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ४ : ०३ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग