प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम र पुलिसको लगातार दोस्रो जित « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम र पुलिसको लगातार दोस्रो जित


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ । भैरहवाको सिद्धार्थनगरमा भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई १३४ रनको फराकिलो अन्तरले हराएको हो ।

सुदूरपश्चिमले दिएको २७८ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.२ ओभरमा १४३ रनमा अलआउट भयो । कर्णालीका लागि दिवान पुनले ३८ रन बनाउँदा अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बलिङमा सुदुरपश्चिमका शेर मल्लले ४ विकेट लिए । विकास आग्रीले २ विकेट लिए भने नारायण जोशी, भोजराज भट्ट र नरेन भट्टले समान १–१ विकेट लिए ।

त्यसअघि तीन खेलाडीले अर्धशतक हान्दा सुदूरपश्चिमले ५ विकेटको क्षतिमा २७७ रन बनाएको थियो । सुदूरपश्चिमका ओपनरद्वय खडक बोहरा र टेक रावत तथा किरण ठगुन्नाले अर्धशतक प्रहार गरे ।

बलिङमा कर्णालीका दिनेश अधिकारी, उनेश सिंह, प्रकाश जैसी र दिपेन्द्र रावतले १-१ विकेट लिए ।

आजै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले काशी प्रदेशलाई हराउँदै लगातार दोस्रो जित निकालेको छ । पुलिसले कोशी प्रदेशमाथि ७ विकेटको जित हात पारेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशीले दिएको १६७ रनको लक्ष्य पछ्याएको पुलिसले २३ ओभर १ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

पुलिसका लागि अर्जुन साउदले ६२ रनको अर्धशतकीय पारी खेले । त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले ३८ रन बनाउँदा दिलिप नाथले ३१ रनको योगदान गरे ।

कोशीका लागि कमल खत्रीले २ विकेट हात पार्दा सोनु मण्डलले एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको कोशीका लागि सन्जु थपलीयाले १०५ रनको शतकीय पारी खेले ।

पुलिसका लागि करण केसीले तीन विकेट लिए । त्यस्तै ललित राजवंशी र सुनिल धमलाले दुई–दुई विकेट लिए ।

 

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ४ : २८ बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री