बारासँग जोडिएको भारतीय नाकामा गाडी चल्ने सहमति « Khabarhub

बारासँग जोडिएको भारतीय नाकामा गाडी चल्ने सहमति


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

रौतहट– बारासँग जोडिएको साना सीमानाकाहरूबाट चार पाङ्ग्रे सवारी साधन चल्ने सहमति भएको छ। 

 भारतीय सुरक्षाकर्मी एसाएसबीको प्रधान कार्यालयले निर्णय गरेपछि बारासँग जोडिएको तीनवटा साना नाकाबाट चारपांग्रे गाडी चल्ने अनुमति दिएको हो ।

कोरोनापछि नियमित सञ्चालनमा रहेको साना नाकाहरुबाट पाकिस्तानी महिला सीमा हैदर  स्थलमार्ग हुँदै भारत गएदेखि भारतीय सुरक्षाकर्मीले चारपांग्रे सवारी साधन आवातजावतमा रोक लगाएको थियो। करिब एकबर्षदेखि एसएसबीले सदियौंदेखि चलिआएको व्यवहारको वास्ता नगरी  सीमाक्षेत्रमा आवतजावत गर्ने नेपालीलाई अनावश्यक दुःख दिने गरेको कारण बेटीरोटीको सम्बन्ध प्रभावित बनेको थियो।

 यसैगरी रौतहटसँग जोडिएको कुनै पनि नाका बाट गाडी आवत-जावतको लागि हालसम्म अनुमति दिइएको छैन।

बाराको ककोर्वा हुँदै भारतको झरोखर-घोडासन, बाराको मटिअर्वा सन्तगन्ज, महुअवा कटगेनवा अदापुर नाकाबाट गाडी आउने जाने अनुमति दिएको भारत बिहार मोतीहारी जिल्लाका एस्पी कान्तेश मिश्राले बताएका छन्। 

एसपी मिश्राले रौतहटको सानो नाकाबाट गाडी आवत-जावतबारे छलफल भइरहेको जानकारी दिएका छन्।

रौतहटका सीडीओ हिरालाल रेग्मीले रौतहटको साना नाका खोल्ने निर्णयबारे आफूलाई जानकारी नभएको र यसबारे भारतीय समकक्षीसँगको बैठकमा प्रस्ताव राखेर पहल गर्ने प्रतिवद्धता जनाएका छन्। नेपाल र भारतबीच सदियौंदेखि रोटीबेटीको सम्बन्ध रहिआएको छ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ४ : ३६ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता