मुगुमा १४ वर्षे किशोरीमाथि बलात्कार गरेको आरोपमा नगर प्रहरी र सरकारी कर्मचारीसहित ५ पक्राउ « Khabarhub

मुगुमा १४ वर्षे किशोरीमाथि बलात्कार गरेको आरोपमा नगर प्रहरी र सरकारी कर्मचारीसहित ५ पक्राउ


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुगुमा १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा नगर प्रहरी र सरकारी कार्यालयमा कार्यरत कार्यालय सहयोगीसहित ५ जना पक्राउ परेका छन् । जिल्लाको छायाँनाथ रारा नगरपालिकाकी किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कार्कीबाडाका ३० वर्षीय नगर प्रहरी वसन्तबहादुर कार्की, जिल्ला कृषि विकास कार्यालयका कार्यालय सहयोगरी २२ वर्षीय वसन्त रोकाया र १८ वर्ष मुनीका अरु तीन जना किशोरहरु रहेका छन् ।

सामूहिक बलात्कारको घटनामा ९ जना संलग्न रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न ४ जना अझै फरार छन् । फरार रहेकाहरु खोजी भइरहेको र उनीहरुविरुद्ध जबरजस्ती करणी कसुरमा मुद्दा दायर गरेर अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

सामूहिक बलात्कारमा परेकी बालिकाको गर्भमा बच्चामासमेत रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डिएसपी) बिरेन्द्रबहादुर थापाले बताए । बालिकाको गर्भमा भ्रुण हुर्कंदै गएपछि घटना सार्वजनिक भएको हो । बलात्कारबाट पेट दुख्नेजस्ता समस्याहरु भएपछि जिल्ला अस्पताल मुगुमा चेकजाँच गराउँदा आफ्नो पेटमा गर्भ रहेको कुरा थाहा पाएको पीडित बालिकाले बताएकी छन् ।

बलात्कार घटनामा संलग्न रहेको आरोपमा छायाँनाथ रारा नगरपालिका–५ कार्कीवाडाका वर्ष ३० वर्षीय छाँयानाथ रारा नगरपालिकाका नगर प्रहरी बसन्त बहादुर कार्की, कृषि विकास कार्यालय गमगढीमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका–८ आँसिधारा गाउँका वर्ष २२ का बसन्त रोकायालगायत अन्य केही १४ वर्षका बालकविरुद्ध जाहेरी परेको छ ।

१४ वर्षका बालकहरुले गत १६ भदौमा आफूमाथि बलात्कार गरेका र १० असोजमा नगर प्रहरी बसन्त कार्कीसहित बसन्त रोकाया र पदम बहादुर कठायतले बलात्कार गरेको पीडित बालिकाले बयानमा बताएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको भनाइ उद्धृत गर्दै प्रहरी नायव उपरीक्षक थापाले भने, ‘१४ वर्षका किशोरहरुले गएको भदौ १६ गते बेलुका आफ्नो कोठामा भेट्न बोलाएपछि म सोही दिन बेलुका अन्दाजी ९ बजेको समयमा गमगढीस्थित कोठामा भेट्न गएको बेला ६ जनाले आफूलाई जबरजस्ती करणी गरि सामूहिक रुपमा बलात्कार गरेका हुन् ।’

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ४ : ४९ बजे

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा