नेपालमा बर्सेनि नसर्ने रोग बढ्दै | Khabarhub Khabarhub

नेपालमा बर्सेनि नसर्ने रोग बढ्दै


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा बर्सेनि नसर्ने रोग बढ्दै गएको एक अध्ययनले देखाएको छ । 

राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको मंगलबारको बैठकमा डा.रोशन पोख्रेलले मुटुसम्बन्धी रोग र मधुमेहको अवस्था भयावह बन्दै गएको तथ्यांक प्रस्तुत गरे । 

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण (एनडीएचएस)ले सन् १९९७ देखि २०१७ सम्म आइपुग्दा नसर्ने रोगको बोझ २० प्रतिशतबाट बढेर ५० प्रतिशत पुगेको देखाएको थियो । सन् २०२३ सम्म आइपुग्दा मुटुसम्बन्धी रोग, मधुमेह क्यान्सर र मिर्गौला रोगका कारण यो दर उच्च भएको स्वास्थ्य सचिव डा. पोख्रेल बताउँछन् । 

एनडीएचएस २०१९ अनुसार वार्षिक ७१ प्रतिशत नेपालीको मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ । स्टेप सर्भे २०१९ को रिपोर्टअनुसार नेपालमा नसर्ने रोगको ३० प्रतिशत हिस्सा मुटुसम्बन्धी रोगले ओगटेको छ, जसमा सबैभन्दा धेरै उच्च रक्तचाप छ । रिपोर्टअनुसार २९.८ प्रतिशत पुरुष र १९.७ प्रतिशत महिलामा उच्च रक्तचापको समस्या देखिएको छ । 

उच्च रक्तचाप देखिएकामध्ये ९०.५ प्रतिशतले उपचार नगरेको पाइएको छ । यो तथ्यांक चुनौतीपूर्ण भएको डा। पोख्रेल बताउँछन् । त्यस्तै, नसर्ने रोगमध्ये चार प्रतिशत जनसंख्याको मृत्युको कारण मधुमेह देखिएको छ । यो दर सन् २०३० सम्म ३० प्रतिशत पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकलन छ । 

त्यस्तै, सुर्तीजन्य पदार्थको प्रयोग, अस्वस्थ खानपान, मोटोपना, मद्यपान, वायु प्रदूषण जस्ता कारण पनि नसर्ने रोगका प्रमुख कारक बनिरहेको मन्त्रालयको तथ्यांक छ । हाल नेपालको जनसंख्यामध्ये २८.९ प्रतिशतले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको र यो श्वासप्रश्वासजन्य तथा क्यान्सरको प्रमुख कारण बनेको मन्त्रालयको तथ्यांक छ । 

९६ प्रतिशत नेपालीले भने पर्याप्त मात्रामा सागसब्जी र फलफूल नखाने गरेको पाइएको छ । ५३.६ प्रतिशतले सिफारिसअनुसार व्यायाम गर्दैनन् भने २४.३ प्रतिशत जनसङ्ख्यामा तौल बढी रहेको छ । २०.८ प्रतिशतले मद्यपान गर्नु पनि नसर्ने रोगको अर्को मुख्य कारण भएको मन्त्रालयको तथ्यांक छ । 

काठमाडौं । नेपालमा नसर्ने रोगको बोझ बर्सेनि बढ्दै गएको अध्ययनले देखाएको छ । राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको मंगलबारको बैठकमा डा।रोशन पोख्रेलले मुटुसम्बन्धी रोग र मधुमेहको अवस्था भयावह बन्दै गएको तथ्यांक प्रस्तुत गरे । 

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस)ले सन् १९९७ देखि २०१७ सम्म आइपुग्दा नसर्ने रोगको बोझ २० प्रतिशतबाट बढेर ५० प्रतिशत पुगेको देखाएको थियो । सन् २०२३ सम्म आइपुग्दा मुटुसम्बन्धी रोग, मधुमेह क्यान्सर र मिर्गौला रोगका कारण यो दर उच्च भएको स्वास्थ्य सचिव डा.पोख्रेल बताउँछन् । 

एनडीएचएस २०१९ अनुसार वार्षिक ७१ प्रतिशत नेपालीको मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ । स्टेप सर्भे २०१९ को रिपोर्टअनुसार नेपालमा नसर्ने रोगको ३० प्रतिशत हिस्सा मुटुसम्बन्धी रोगले ओगटेको छ, जसमा सबैभन्दा धेरै उच्च रक्तचाप छ । रिपोर्टअनुसार २९.८ प्रतिशत पुरुष र १९.७ प्रतिशत महिलामा उच्च रक्तचापको समस्या देखिएको छ । 

उच्च रक्तचाप देखिएकामध्ये ९०.५ प्रतिशतले उपचार नगरेको पाइएको छ । यो तथ्यांक चुनौतीपूर्ण भएको डा। पोख्रेल बताउँछन् । त्यस्तै, नसर्ने रोगमध्ये चार प्रतिशत जनसङ्ख्याको मृत्युको कारण मधुमेह देखिएको छ । यो दर सन् २०३० सम्म ३० प्रतिशत पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकलन छ । 

त्यस्तै, सुर्तीजन्य पदार्थको प्रयोग, अस्वस्थ खानपान, मोटोपना, मद्यपान, वायु प्रदूषण जस्ता कारण पनि नसर्ने रोगका प्रमुख कारक बनिरहेको मन्त्रालयको तथ्यांक छ । हाल नेपालको जनसंख्यामध्ये २८.९ प्रतिशतले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको र यो श्वासप्रश्वासजन्य तथा क्यान्सरको प्रमुख कारण बनेको मन्त्रालयको तथ्यांक छ । 

९६ प्रतिशत नेपालीले भने पर्याप्त मात्रामा सागसब्जी र फलफूल नखाने गरेको पाइएको छ । ५३.६ प्रतिशतले सिफारिसअनुसार व्यायाम गर्दैनन् भने २४.३ प्रतिशत जनसंख्यामा तौल बढी रहेको छ । २०.८ प्रतिशतले मद्यपान गर्नु पनि नसर्ने रोगको अर्को मुख्य कारण भएको मन्त्रालयको तथ्यांक छ । 

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ५ : ११ बजे

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका