पूर्वराजा ज्ञानेन्द्रद्वारा शिवनगर महादेव मन्दिरमा पूजा « Khabarhub

पूर्वराजा ज्ञानेन्द्रद्वारा शिवनगर महादेव मन्दिरमा पूजा


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

रौतहट– पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार रौतहटको मध्यभाग शिवनगरस्थित महादेव मन्दिरमा पूजाआजा गरेका छन्। निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो पुगेका पूर्वराजा ज्ञानेन्द्र शिवनगर चौकबाट पैदल हिँडेर मन्दिरसम्म पुगेका थिए। 

सो क्रममा बाटोको दुवैतर्फ बसेका हजारौं समर्थकले फूलमालाले भव्य स्वागत गरेका थिए। पूर्वराजा ज्ञानेन्द्रले  समर्थकको हातबाट माला र पुष्प गुच्छा लिएका थिए। उनी मन्दिरमा पूजा गर्ने क्रममा हजारौं समर्थकहरूले राजाआउ देश बचाउ भनेर नारा लगाएका थिए।

उनको स्वागतमा शिवनगर चौकमा बनाइएको गेटमाथि राखिएको ब्यानर उनी आउनु एक घण्टाअघि प्रहरीले हटाएको थियो। मन्दिर छेउको ब्यानर प्रहरीको हटाउन प्रयास स्थानीयको विरोधपछि हटाएनन्।

प्रहरी स्रोतका अनुसार ब्यानरमा राजा र अवैध संविधान लेखिएकाले हटाइएको थियो। पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा झण्डै १० हजार मानिसको सहभागिता रहेको अनुमान गरिएको छ।

पूर्वराजा करिब ३० मिनेटपछि फर्किएका थिए। उनले सम्बोधन गरेनन्। उनको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको थियो। रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले सुरक्षाको नेतृत्व गरेको थियो।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ६ : १२ बजे

मागअनुसारको ग्यासको आयात बढाउन निगमको निर्देशन

काठमाडौँ– नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात र

चीनद्वारा पाकिस्तानी अन्तरिक्ष यात्रीसहित अन्तरिक्षयान प्रक्षेपण

जियुक्वान- चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै तीन

बालश्रम रोक्न कानुनसँगै परिवारको आर्थिक अवस्था सुधार्नुपर्नेमा जोड

काठमाडौँ – बालश्रम अन्त्यका लागि कानुनी प्रतिबन्धसँगै गरिबी, बेरोजगारी र

राजमार्ग अतिक्रमित संरचना हटाउन सुरु

जुम्ला– सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गअन्तर्गत नाग्म–जुम्ला क्षेत्रमा सडक

काठमाडौँ-धुलिखेलमैत्री पार्क निर्माण सम्झौता

बनेपा– काठमाडौँ महानगरपालिका र धुलिखेल नगरपालिकाले धुलिखेल क्षेत्रमा पर्यटन प्रवर्द्धन