पाथीभरामा सञ्चार सेवालाई थप सहज बनाउन वाकिटकीको प्रयोग थालियो « Khabarhub

पाथीभरामा सञ्चार सेवालाई थप सहज बनाउन वाकिटकीको प्रयोग थालियो


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सञ्चार सुविधा थप व्यवस्थित हुन थालेको छ । पाथीभरामा सञ्चार सेवालाई थप व्यवस्थित बनाउन सञ्चार सेट वाकिटकी प्रयोग गर्न थालिएको छ ।

मन्दिरसहित केही स्थानमा पूर्ण रुपमा मोबाइल नेटवर्क कभरेज नहुँदा सञ्चारमा समस्या आएको भन्दै पाथीभरा क्षेत्र विकास समितिले उक्त सञ्चार सेटको प्रयोग गरेको हो ।

पाथीभरा क्षेत्रमा कार्यरत कर्मचारीबीच सहज सञ्चार मार्फत समन्वय बढाउन साथै संगठित कार्य सञ्चालनलाई थप प्रभावकारी बनाउने उद्देश्यले वाकिटकी सञ्चालनमा ल्याइएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिए ।

वाटिटकीले आपतकालिन वा अत्यावश्यक अवस्थामा सहयोग पुग्ने समितिको अपेक्षा छ । पाथीभरा मन्दिरसहित पदमार्गका कतिपय स्थानमा मोबाइल फोनको नेटवर्क नआउनेलगायतका समस्या छन् । पाथीभरा क्षेत्रमा भक्तजनको गणना गर्ने, स्वास्थ्यकर्मी, सरसफाई गर्ने, पूजाआजा व्यवस्थापन गर्ने, भेटीघाटी व्यवस्थापन गर्नेलगायतका कर्मचारी खटिएका छन् ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ७ : २४ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २०

मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

वासिङ्टन- अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग

भारतको उत्तराखण्डमा गुट्खा र पान मसला बेच्न एक वर्षको प्रतिबन्ध

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यले जनस्वास्थ्यलाई मध्यनजर गर्दै