जनमुक्ति सेना भ्रष्टाचारमा मुछिएसँगै चीनको सैन्य क्षमतामाथि नै प्रश्न « Khabarhub

जनमुक्ति सेना भ्रष्टाचारमा मुछिएसँगै चीनको सैन्य क्षमतामाथि नै प्रश्न


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ जनमुक्ति सेना एकपछि अर्को भ्रष्टाचार प्रकरणमा मुछिएसँगै चीनको सैन्य क्षमतामाथि नै प्रश्न उब्जिन थालेको छ । राष्ट्रपति सी जिन्पिङले चीनमा भ्रष्टाचारविरुद्ध व्यापक अभियान सञ्चालन गरेपनि हालै चिनियाँ जनमुक्ति सेना खासगरी रकेट फौजभित्रको भ्रष्टाचार प्रकरण सार्वजनिक भएको हो । यससँगै चिनियाँ राजनीतिक नेतृत्वले जनमुक्ति सेनाका ९ जना वरिष्ठ सैन्य अधिकारीहरुलाई बर्खास्त गरिसकेको छ ।

राष्ट्रपति सीले चिनियाँ समाजबाट भ्रष्टाचार उन्मुलन गरेरै छाड्ने दृढता व्यक्त गर्दै आएका थिए । तैपनि जनमुक्ति सेनाका प्रायः सबै विभाग भ्रष्टाचारको जालोमा फसेको देखिन्छ । हालै बसेको चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक सम्मेलनले मुलुकको सैन्य एवम् हवाई उद्योगमा कार्यरत तीन जना वरिष्ठ अधिकारीलाई पदबाट मुक्त गर्ने निर्णय गरेको छ । चीनले आफ्नो आणविक क्षमता विस्तारको तयारी गरिरहेका बेला रकेट फौजमा देखिएको भ्रष्टाचारले चिनियाँ जनमुक्ति सेनामाथि नै प्रश्न उठाएको छ ।

चीनले केही समयअघि निकै लामो समयसम्म बेपत्ता रहेका रक्षामन्त्री ली शाङ्फूलाई बर्खास्त गरिदिएको थियो । साथै चिनियाँ राजनीतिक नेतृत्वले जनमुक्ति सेनाका ९ जना वरिष्ठ अधिकारीलाई पनि पदमुक्त ग¥यो । पदमुक्त गरिएका सैन्य अधिकारीहरु शाङ्फूनिकट मानिन्छन् ।

यसबाट चिनियाँ जनमुक्ति सेनामा व्याप्त भ्रष्टाचार छताछुल्ल भयो । आफ्ना आसेपासेलाई उच्च पदमा पु¥याएर राजनीतिक शक्ति आफ्नो हातमा लिने चिनियाँ राष्ट्रपति सीको यही नेतृत्व शैलीका कारण पनि पार्टीप्रतिको वफादारिताका नाममा भ्रष्टाचार मौलाइरहेको विश्लेषण गरिन्छ ।

जनमुक्ति सेनाको रकेट फौजलाई आणविक हतियारसँग सम्बन्धित क्षेत्रका लागि महत्वपूर्ण सैन्य एकाइ मानिन्छ । यस्ता भ्रष्टाचारका मामिलामा मुलुकका शीर्ष पदमा रहेका अधिकारीहरुको नाम जोडिनुले जनमुक्ति सेनाको निर्णायक तहमा उदण्डताको संस्कार रहेको भन्ने समेत टिकाटिप्पणी हुन थालेका छन् ।

ली युचाओ, जाङ जेनझोङ र लिउ गुआङबिनजस्ता रकेट फौजमा आबद्ध शीर्ष कमाण्डहरुको बर्खास्तीले अझ जवाफभन्दा धेरै प्रश्नहरु उब्जाएको छ । हालै सार्वजनिक समाचारहरुमा जनमुक्ति सेनाअन्तर्गत रकेट फौजले तयारी अवस्थामा रखेका क्षेप्यास्त्रको ट्यांकीमा इन्धनको सट्टामा पानी राखिएको उल्लेख छ । यसले चिनियाँ जनमुक्ति सेनाको रक्षा क्षमतामा गम्भीर प्रश्न उब्जाएको छ ।

जनमुक्ति सेनाभित्र राष्ट्रपति सीले सञ्चालन गरेको भ्रष्टाचारविरोधी अभियानबाट सेना पार्टीप्रति पूर्ण वफादार रहन सहयोग मिल्ने आँकलन गरिएको थियो । यद्यपि हालै गरिएका बर्खास्तीबाट यस अभियानले सेनामा उल्लेखनीय सुधार गर्न असफल रहेको देखिन्छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  १२ : ०१ बजे

आज २०८३ साल साउन ३१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न