सिंहध्वाका दरबार मल्लकालीन शैलीमा पुनःनिर्माण हुनुपर्छ : प्रेम सुवाल « Khabarhub

सिंहध्वाका दरबार मल्लकालीन शैलीमा पुनःनिर्माण हुनुपर्छ : प्रेम सुवाल


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – प्रतिनिधिसभा सदस्य एवम् नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भूकम्प गएको आठ वर्षसम्म पनि सिंहध्वाका दरबारको पुनःनिर्माण नहुँदा भक्तपुर दरबार क्षेत्र असुरक्षित र जोखिमपूर्ण बनेको बताएका छन् ।

२६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज यहाँ आयोजित सुरक्षित घर निर्माणसम्बन्धी प्रदर्शनी उद्घाटन गर्दै उनले विश्वसम्पदा सूचीमा सूचीकृत सिंहध्वाका दरबार मल्लकालीन शैलीमै छिट्टै पुनःनिर्माण हुनुपर्नेमा जोड दिए ।

विसं १९९० माघ २ गते गएको भूकम्पको सम्झनामा आज भक्तपुर नगरपालिका, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङले दत्तात्रयमा संयुक्तरुपमा सो प्रदर्शनी आयोजना गरेका थिए ।

त्यस अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बलियो र भूकम्पप्रतिरोधी घर तथा भवन निर्माणमा नगरपालिकाले जोड दिएको बताए ।

बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले १९९० सालको भूकम्पपश्चात पनि गएका ठूला भूकम्पले पु¥याएको क्षतिबाट पाठ सिक्नुपर्ने बताए । उनले पुर्खाले पनौती, चित्तपोल, कटुञ्जे, कीर्तिपुरलगायतका ठाउँमा बस्ती विकास गर्दा र मठ मन्दिर, पाटी पौवा केबल देवता राख्नका लागि मात्र नभई यहाँको जनजीवन र भौगर्भिक स्थितिलाई मध्यनजर गर्दै भौगर्भिक ज्ञान सीपबाट निर्माण गरेको चर्चा गरे ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले पूर्वजले सिकाएको प्रविधि, स्थानीय स्रोत र साधनको प्रयोगबाट बनेका सम्पदा अझै पनि अत्यन्त महत्वपूर्ण संरचनाका रुपमा रहेको बताए । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इञ्जिनियरिङका उपप्राचार्य रत्नशोभा प्रजापतिलगायतले २०७२ को भूकम्पले क्षति पु¥याएका घरको अझै पुनःनिर्माण हुन नसक्नुमा चिन्ता व्यक्त गरे ।

प्रदर्शनीमा ३१ वटा भूकम्प प्रतिरोधी नमूना घर, ४३ वटा चित्रकला, २६ वटा ‘पेपर ब्रिज’, छ वटा तस्बिर र उद्धार सामग्री राखिएका थिए । त्यस अवसरमा जनप्रतिनिधि, सरकारी कर्मचारी, सुरक्षा निकाय, स्थानीय र विभिन्न विद्यालयका विद्यार्थीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ९ : ५१ बजे

खुसी र उल्लासका साथ दसैँ मनाउन परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी

पत्रकार उपाध्यायको परिवारलाई आर्थिक सहयोग

दमौली – दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार

बाल्यकालको दसैँ स्मृति : लेकको आलु, नयाँ लुगा र बाबियोको डोरी

काठमाडाैँ – दसैँ भन्नेबित्तिकै जो कसैको मानसपटलमा बाल्यकालका मीठा स्मृति

रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ

‘पिताजीको स्मरण गरेर चित्त बुझाउने भइयो’: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले