द्विपक्षीय सहयोगलाई अगाडि बढाउन भारत र बङ्गलादेश सकारात्मक « Khabarhub

द्विपक्षीय सहयोगलाई अगाडि बढाउन भारत र बङ्गलादेश सकारात्मक


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

ढाका- बङ्गलादेशका लागि भारतका उच्चायुक्त प्रणय वर्माले बङ्गलादेशका नयाँ विदेशमन्त्री हसन महमुदलाई भेटी बङ्गलादेश सरकारको नयाँ कार्यकालमा द्विपक्षीय सहयोगलाई अगाडि बढाउनका लागि छलफल गरेका छन् ।

हसन महमुदलाई अब्दुल मोमेनको स्थानमा बङ्गलादेशको नयाँ विदेश मन्त्रीको रूपमा नियुक्त गरिएको छ । अघिल्लो कार्यकालमा उनी बङ्गलादेशको सूचना तथा प्रसारणमन्त्री थिए ।

एक्समा साझा गरिएको पोस्ट अनुसार बङ्गलादेशमा भारतीय उच्च आयुक्त वर्माले १५ जनवरी बङ्गलादेशका हसन महमुदसँग शिष्टाचार भेटवार्त गरेका छन् । भारतको तर्फबाट बधाई दिदै उनीहरूले बङ्गलादेश सरकारको नयाँ कार्यकालमा भारत–बङ्गलादेश द्विपक्षीय सहयोगलाई अगाडि बढाउन विस्तृत मुद्दाहरूमा छलफल गरेको बताइएको छ ।

जनवरी ८ मा बङ्गलादेशका लागि भारतीय उच्चायुक्त प्रणय वर्माले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनासँग भेटवार्त गरेका थिए । भेटका क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदी र भारतको तर्फबाट शेख हसिनालाई विजयका लागि बधाइ दिएका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शेख हसिनालाई चुनावमा जित हासिल गरेकोमा बधाइ दिएका छन् । बङ्गलादेशसँगको साझेदारीलाई अझ सुदढ पार्न भारत प्रतिबद्ध रहेको कुरामा जोड दिँदै प्रधानमन्त्री मोदीले बङ्गलादेशसँगको आफ्नो स्थायी र जन–केन्द्रित साझेदारीलाई अझ सुदृढ पार्न प्रतिबद्ध रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  २ : ५४ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस