द्विपक्षीय सहयोगलाई अगाडि बढाउन भारत र बङ्गलादेश सकारात्मक « Khabarhub

द्विपक्षीय सहयोगलाई अगाडि बढाउन भारत र बङ्गलादेश सकारात्मक


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

ढाका- बङ्गलादेशका लागि भारतका उच्चायुक्त प्रणय वर्माले बङ्गलादेशका नयाँ विदेशमन्त्री हसन महमुदलाई भेटी बङ्गलादेश सरकारको नयाँ कार्यकालमा द्विपक्षीय सहयोगलाई अगाडि बढाउनका लागि छलफल गरेका छन् ।

हसन महमुदलाई अब्दुल मोमेनको स्थानमा बङ्गलादेशको नयाँ विदेश मन्त्रीको रूपमा नियुक्त गरिएको छ । अघिल्लो कार्यकालमा उनी बङ्गलादेशको सूचना तथा प्रसारणमन्त्री थिए ।

एक्समा साझा गरिएको पोस्ट अनुसार बङ्गलादेशमा भारतीय उच्च आयुक्त वर्माले १५ जनवरी बङ्गलादेशका हसन महमुदसँग शिष्टाचार भेटवार्त गरेका छन् । भारतको तर्फबाट बधाई दिदै उनीहरूले बङ्गलादेश सरकारको नयाँ कार्यकालमा भारत–बङ्गलादेश द्विपक्षीय सहयोगलाई अगाडि बढाउन विस्तृत मुद्दाहरूमा छलफल गरेको बताइएको छ ।

जनवरी ८ मा बङ्गलादेशका लागि भारतीय उच्चायुक्त प्रणय वर्माले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनासँग भेटवार्त गरेका थिए । भेटका क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदी र भारतको तर्फबाट शेख हसिनालाई विजयका लागि बधाइ दिएका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शेख हसिनालाई चुनावमा जित हासिल गरेकोमा बधाइ दिएका छन् । बङ्गलादेशसँगको साझेदारीलाई अझ सुदढ पार्न भारत प्रतिबद्ध रहेको कुरामा जोड दिँदै प्रधानमन्त्री मोदीले बङ्गलादेशसँगको आफ्नो स्थायी र जन–केन्द्रित साझेदारीलाई अझ सुदृढ पार्न प्रतिबद्ध रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  २ : ५४ बजे

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ

दक्षिण कोरियाले भन्यो- हाइपरसोनिक क्षेप्यास्त्रमा तापप्रतिरोधी प्रविधि प्रयोग गरिएको छ

सियोल – दक्षिण कोरियाली सेनाले आफ्नो स्वदेशी हाइपरसोनिक क्षेप्यास्त्र परीक्षणबारे उत्तर कोरियाले

आलोचनापछि मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने योजना रोके ट्रम्पले

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधारमा गोली हानेर मृत्युदण्ड

नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं– नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज