विपद् जोखिम प्रतिकार्यका लागि नीति, विधि र कार्यक्रम आवश्यक : मुख्यमन्त्री शर्मा « Khabarhub

विपद् जोखिम प्रतिकार्यका लागि नीति, विधि र कार्यक्रम आवश्यक : मुख्यमन्त्री शर्मा


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विपद् जोखिम प्रतिकार्यका लागि नीति, विधि र कार्यक्रम आवश्यक रहेको बताएका छन् ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा आज आयोजित २६औँ भूकम्प सुरक्षा दिवसका अवसरमा मुख्यमन्त्री शर्माले सबैखाले प्राकृतिक जोखिमबाट बच्न कर्णालीमा विपद् जोखिम विश्लेषण गर्नुपर्नेमा जोड दिए । उनले भने, “कुरा गरेर मात्र होइन, व्यवहारिक रुपमै देखिने गरी नीति, विधि र कार्यक्रम बनाएर अगाडि बढ्नुपर्दछ ।”

विगतका प्राकृतिक विपत्तिबाट शिक्षा लिन नसक्दा अहिले मानवीय र भौतिक क्षति बेहोर्नुपरेको उनको भनाइ छ । गोरखाको बारपाकमा गएको भूकम्पबाट शिक्षा नलिँदा यस पटकको जाजरकोट भूकम्पको असरबाट क्षति न्यून हुन नसकेको उनले बताए ।

मुख्यमन्त्री शर्माले भने, “कर्णाली प्रदेशमा प्राकृतिक विपद्बाट हुनसक्ने क्षति र न्यूनीकरणका लागि आम समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन र आवश्यक जनशक्ति तयार गर्नसकेमात्र क्षति कम गर्न सकिन्छ ।”

भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादनतर्फ जोड दिनुपर्ने बताउँदै उनले समुदायको सक्रिय सहभागिताले मात्र भूकम्पलगायतका प्राकृतिक विपद्को सामना गर्न सकिने बताए । भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणका काम अघि बढाउन सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्य अपरिहार्य भएको उनले बताए ।

वीरेन्द्रनगरपालिका प्रमुख मोहनमाया ढकालले स्थानीय तह जनताको नजिकको अधिकार सम्पन्न सरकार भए पनि ऐन कानुनको कमी तथा सीमित स्रोतसाधन अभावले प्रभावकारी कार्यसम्पादनमा चुनौती देखिएको बताए । दक्ष जनशक्ति अभावले स्थानीय तहमा विपद् न्यूनीकरणका कार्य गर्न अप्ठ्यारो भएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  १० : २० बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा