विपद् जोखिम प्रतिकार्यका लागि नीति, विधि र कार्यक्रम आवश्यक : मुख्यमन्त्री शर्मा | Khabarhub Khabarhub

विपद् जोखिम प्रतिकार्यका लागि नीति, विधि र कार्यक्रम आवश्यक : मुख्यमन्त्री शर्मा


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विपद् जोखिम प्रतिकार्यका लागि नीति, विधि र कार्यक्रम आवश्यक रहेको बताएका छन् ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा आज आयोजित २६औँ भूकम्प सुरक्षा दिवसका अवसरमा मुख्यमन्त्री शर्माले सबैखाले प्राकृतिक जोखिमबाट बच्न कर्णालीमा विपद् जोखिम विश्लेषण गर्नुपर्नेमा जोड दिए । उनले भने, “कुरा गरेर मात्र होइन, व्यवहारिक रुपमै देखिने गरी नीति, विधि र कार्यक्रम बनाएर अगाडि बढ्नुपर्दछ ।”

विगतका प्राकृतिक विपत्तिबाट शिक्षा लिन नसक्दा अहिले मानवीय र भौतिक क्षति बेहोर्नुपरेको उनको भनाइ छ । गोरखाको बारपाकमा गएको भूकम्पबाट शिक्षा नलिँदा यस पटकको जाजरकोट भूकम्पको असरबाट क्षति न्यून हुन नसकेको उनले बताए ।

मुख्यमन्त्री शर्माले भने, “कर्णाली प्रदेशमा प्राकृतिक विपद्बाट हुनसक्ने क्षति र न्यूनीकरणका लागि आम समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन र आवश्यक जनशक्ति तयार गर्नसकेमात्र क्षति कम गर्न सकिन्छ ।”

भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादनतर्फ जोड दिनुपर्ने बताउँदै उनले समुदायको सक्रिय सहभागिताले मात्र भूकम्पलगायतका प्राकृतिक विपद्को सामना गर्न सकिने बताए । भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणका काम अघि बढाउन सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्य अपरिहार्य भएको उनले बताए ।

वीरेन्द्रनगरपालिका प्रमुख मोहनमाया ढकालले स्थानीय तह जनताको नजिकको अधिकार सम्पन्न सरकार भए पनि ऐन कानुनको कमी तथा सीमित स्रोतसाधन अभावले प्रभावकारी कार्यसम्पादनमा चुनौती देखिएको बताए । दक्ष जनशक्ति अभावले स्थानीय तहमा विपद् न्यूनीकरणका कार्य गर्न अप्ठ्यारो भएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  १० : २० बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित