सवारी दुर्घटना न्यूनीकरण गर्न रास्वपाद्वारा सरकारको ध्यानाकर्षण « Khabarhub

सवारी दुर्घटना न्यूनीकरण गर्न रास्वपाद्वारा सरकारको ध्यानाकर्षण


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमााडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सवारी दुर्घटना न्यूनीकरणका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको छ । आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पत्र लेखी माघ २८ गते एकैदिन दाङको भालुवाङ, काठमाडौँको चन्द्रागिरि र बागलुङको ढोरपाटनमा भएका सवारी दुर्घटनामा २० जनाको ज्यान गएको सन्दर्भ उल्लेख गर्दै यसलाई सामान्यरूपमा नलिन रास्वपाले आग्रह गरेको छ ।

सो पार्टीका महामन्त्री तथा प्रवत्ता डा मुकुल ढकालले यस वर्षको मङ्सिरसम्म मात्र देशभर साना–ठूला गरी करिब १० हजार सात सय ४५ वटा दुर्घटना भएको र नौ सय १६ जनाले ज्यान गुमाएको बताए।

उनले भने, “दुई हजार सात सय ९१ जना गम्भीर र ११ हजार ९१ जना सामान्य घाइते भए । नेपाल प्रहरीको तथ्याङ्कअनुसार दैनिक सरदर ५४ वटा दुर्घटना हुन्छन् । त्यसमा छ जनाको मृत्यु हुन्छ । चौध जना गम्भीर घाइते हुन्छन् । पछिल्लो तीन वर्षमा ५८ हजार आठ सय ७८ वटा दुर्घटना हुँदा छ हजार एक सय ६७ जनाले अकालमा ज्यान गुमाएका छन् भने १५ हजार सात सय ७१ जना गम्भीर घाइते भए ।”

प्रत्येक वर्ष औसतमा दुई हजार बढीले दुर्घटनामा ज्यान गुमाउने गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । नेपालका ६६ लाख ६६ हजार नौ सय ३७ परिवार रहेकोमा त्यसमध्ये हरेक ३९ मध्ये एक परिवारले दुर्घटनाका घाइते स्याहारिरहेको प्रवक्ता ढकालले बताए ।

रास्वपवाले २०७६ पुस ४ गते प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले गणेश पहाडीको नेतृत्वमा गठन गरेको उपसमितिले दिएका सुझाव कार्यान्वयन भए–नभए जवाफ पनि माग गरेको छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  १० : ३३ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा