सवारी दुर्घटना न्यूनीकरण गर्न रास्वपाद्वारा सरकारको ध्यानाकर्षण « Khabarhub

सवारी दुर्घटना न्यूनीकरण गर्न रास्वपाद्वारा सरकारको ध्यानाकर्षण


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमााडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सवारी दुर्घटना न्यूनीकरणका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको छ । आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पत्र लेखी माघ २८ गते एकैदिन दाङको भालुवाङ, काठमाडौँको चन्द्रागिरि र बागलुङको ढोरपाटनमा भएका सवारी दुर्घटनामा २० जनाको ज्यान गएको सन्दर्भ उल्लेख गर्दै यसलाई सामान्यरूपमा नलिन रास्वपाले आग्रह गरेको छ ।

सो पार्टीका महामन्त्री तथा प्रवत्ता डा मुकुल ढकालले यस वर्षको मङ्सिरसम्म मात्र देशभर साना–ठूला गरी करिब १० हजार सात सय ४५ वटा दुर्घटना भएको र नौ सय १६ जनाले ज्यान गुमाएको बताए।

उनले भने, “दुई हजार सात सय ९१ जना गम्भीर र ११ हजार ९१ जना सामान्य घाइते भए । नेपाल प्रहरीको तथ्याङ्कअनुसार दैनिक सरदर ५४ वटा दुर्घटना हुन्छन् । त्यसमा छ जनाको मृत्यु हुन्छ । चौध जना गम्भीर घाइते हुन्छन् । पछिल्लो तीन वर्षमा ५८ हजार आठ सय ७८ वटा दुर्घटना हुँदा छ हजार एक सय ६७ जनाले अकालमा ज्यान गुमाएका छन् भने १५ हजार सात सय ७१ जना गम्भीर घाइते भए ।”

प्रत्येक वर्ष औसतमा दुई हजार बढीले दुर्घटनामा ज्यान गुमाउने गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । नेपालका ६६ लाख ६६ हजार नौ सय ३७ परिवार रहेकोमा त्यसमध्ये हरेक ३९ मध्ये एक परिवारले दुर्घटनाका घाइते स्याहारिरहेको प्रवक्ता ढकालले बताए ।

रास्वपवाले २०७६ पुस ४ गते प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले गणेश पहाडीको नेतृत्वमा गठन गरेको उपसमितिले दिएका सुझाव कार्यान्वयन भए–नभए जवाफ पनि माग गरेको छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  १० : ३३ बजे

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा