नेवा संस्कार र संस्कृति संरक्षणार्थ धिमे नाच र बाजा बजाउने तालिम « Khabarhub

नेवा संस्कार र संस्कृति संरक्षणार्थ धिमे नाच र बाजा बजाउने तालिम


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

गण्डकी- नेवा संस्कार एवं संस्कृति प्रवद्र्धन र संरक्षणको उद्देश्यका साथ पोखरामा पहिलोपटक धिमे नाच र धिमे बाजा बजाउने तालिम दिइएको छ ।

नेवारी संस्कृतिको मौलिकता जगेर्ना गर्दै यसतर्फ युवाहरूको आकर्षण अभिवृद्धि गर्न नेवा मिसा पुच कास्कीको आयोजना र पोखरा महानगरपालिका९३ को सहयोगमा ४० जना युुवायुुवतीलाई १५ दिन तालिम दिइएको हो ।

नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखे पोखरामा नेवा संस्कार संस्कृति प्रवद्धन र संरक्षणको लागि युवालाई पोखरामै पहिलोपटक धिमे नाच र बाजाको तालिम दिइएको बताए ।

नेवा मिसा पुचः कास्कीले लोपोन्मुख अवस्थाका पञ्चबुद्ध नाच, कुमारी नाच, चर्या नृत्य तथा धिमे नाचलाई पोखरामा पुनजागृत गरेको उल्लेख गर्दै उनले नाचलाई व्यवसायीकरण गर्नुपर्नेमा जोड दिए । पोखरा महानगरपालिका वडा नं ३ का वडाध्यक्ष प्रकाशमान उदासले संस्कार र संस्कृतिलाई जोगाइराख्न सकेमात्र पहिचान कायम रहने बताए ।

नेवा खलः, नेवा ल्याम्ह पुचः, नेवा पत्रकार तथा मिसा पुचहरूको सहयोगमा नेवारी समुदायको संस्कृति झल्कने सङ्ग्रहालय निर्माण भएको बताउँदै उनले संस्कृतिको जगेर्ना आवश्यक भएको उल्लेख गरे । नेवा मिसा पुचः कास्कीका अध्यक्ष सङ्गीता बज्राचार्यले तालिमका सिकाइलाई व्यवहारमा उतार्न निरन्तरको अभ्यास आवश्यक रहेको बताए । प्रशिक्षार्थीलाई विकेश महर्जन र लिजा महर्जनले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  १० : ५२ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर