आज २०८० साल फागुन ४ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८० साल फागुन ४ गते शुक्रबारको राशिफल


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


14.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल फागुन ४ गते शुक्रबार तदनुसार सन् २०२४ फेब्रुअरी १६ तारिख। माग कृष्ण पक्षको सप्तमी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : ठुलो कामको सुरुवात गर्नुपर्ने दिन छ। कुनै कामको सुरुवात गर्ने हिम्मत नगरे घाटा हुनेछ। शिक्षामा सफलता, स्वास्थ्यमा लाभ र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा शान्ति रहनेछ।

वृष : आर्थिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। चन्द्र उदय योग रहेको छ। जसले गर्दा साथीभाइ सकारात्मक छन्। सञ्चित धन खर्च गरेर आफ्नो भविष्य निर्माण गर्ने दिन हो। परिवारको सहयोग प्राप्त हुनेछ।

मिथुन : दैनिकी राम्रो छ। सम्पत्ति भन्दा इज्जतको प्रशंसा हुने योग छ। लगानीबाट वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। शिक्षामा भने अल्छीपनले दुःख दिनेछ। परिवारको साथ र सहयोग रहनेछ।

कर्कट : दैनिकी सामान्य छ। गुरुबाट सहयोग मिल्नेछ। तपाईंका साथी भने गलत कामको पर्खाइमा बसेका छन्। सामाजिक क्षेत्रमा झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। परिवारको साथ निरन्तर मिल्नेछ।

सिंह : दैनिकी राम्रो छ। कर्मको फल प्राप्त गर्ने योग रहेको छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। यात्राका क्षण रमाइला रहनेछन्। सामाजिक क्षेत्रमा सेवाको मौका मिल्नेछ। परिवारबाट धोखा हुने योग रहेको छ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

कन्या : दिन राम्रो छ। बोलीको प्रभावले धेरै काम बन्नेछन्। परोपकार गर्नु राम्रो हुन्छ। स्वास्थ्यमा लाभ, शिक्षामा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट भने फाइदा हुनेछ। परिवारको सहयोग मिल्नेछ।

तुला : समय सामान्य छ। यात्रा गर्नुपरे दक्षिण नजानु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा मानसम्मान मिल्नसक्छ। परिवारको साथ मिल्नेछ।

वृश्चिक : दिन राम्रो छ। सूर्यको सामु अध्यारो हराए झै प्रतिस्पर्धी पराजित हुनेछन्। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। परिवारमा मनमुटाव हुनेछ। कुकुरसँग सचेत हुनुपर्ने देखिन्छ।

धनु : दिन राम्रो छ। आर्थिक क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा भन्दा स्वदेशमै सम्भावना देखिन्छ। परिवारको साथ र सहयोग रहनेछ।

मकर : पुरानो रोग बढ्नेछ। खानपानमा ख्याल गर्नुपर्ने दिन छ। सामाजिक क्षेत्रमा आफ्नो विरोध आफैंले सुन्नु पर्नेछ। परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। शब्दको जालमा फस्ने जोखिम हुनसक्छ। आफन्तले असहयोग गर्नेछन्। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्रप्त हुनेछ।

मीन : दिन राम्रो छ। तपाईंलाई भावनात्मक साथ र सहयोग गर्ने धेरै छन्। गुरुबाट असहयोग हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ५ : १८ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु