नेपाल ए क्रिकेट टिमले क्यानडा-११ विरुद्ध तीन खेल खेल्ने « Khabarhub

नेपाल ए क्रिकेट टिमले क्यानडा-११ विरुद्ध तीन खेल खेल्ने


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ र क्यानडा- ११ बीच हुने तीन खेलको तालिका सार्वजनिक गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा हुने तीन खेलमा फेब्रुअरी १८ मा पहिलो, फेब्रुअरी २० मा दोस्रो र् फेब्रुअरी २२ मा तेस्रो खेल हुने क्यानले जानकारी दिएको हो । 

क्यानले यसअघि क्यानडाविरुद्ध खेल्ने १६ सदस्यीय नेपाल ए टिमको  घोषणा गरिसकेको छ ।  क्यानले विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टोलीको घोषणा गरेको हो ।

नेपाल ए टीममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् ।

नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ६ : ५३ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा