टी-२० विश्वकपमा भारतको कप्तान रोहित शर्मा नै हुने « Khabarhub

टी-२० विश्वकपमा भारतको कप्तान रोहित शर्मा नै हुने


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


891
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी जुनमा हुने टी-२० विश्वकपमा भारतको कप्तान रोहित शर्मा नै रहने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) का सचिव जय शाहले आगामी टी-२० विश्वकपका लागि भारतको कप्तान रोहित शर्मा नै हुने बताएका छन् ।

जय शाहले सन् २०२३ को एकदिवसीय विश्वकपको फाइनल हारे पनि, त्यहाँ लगातार १० खेल जितेर मन जितेको बताउदै रोहित शर्माको कप्तानीमा भारतले २०२४ को टी-२० विश्वकप खेल्ने बताएका हुन् ।

मुम्बई इण्डियन्सले आईपीएलबाट कप्तानी हटाए पछि रोहितले विश्वकप खेल्नेमा शंका उत्पन्न भएको बेला उनले विश्वकपमा राष्ट्रिय टिमको कप्तानी गर्ने निश्चित भएको हो ।

मुम्बई इन्डियन्सले आईपीएलमा रोहितबाट कप्तानी खोसेर हार्दिक पाण्डेलाई दिएको थियो । त्यसबेलादेखि रोहितको टी-२० खेल्ने र भारतीय टोलीको कप्तानीमा शंका उत्पन्न भएको थियो । हार्दिक टी-२० विश्वकप २०२२ देखि राष्ट्रिय टी-२० टिमको कप्तानी गर्दै आएका थिए ।

जनवरीमा अफगानिस्तानविरुद्धको घरेलु टी-२० सिरिजका लागि रोहितलाई पुन: टी-२० कप्तान बनाइएको थियो ।

चोटका कारण हार्दिक पाण्डेय हाल ठिक हुने चरणमा छन् । गत वर्ष विश्वकपमा बंगलादेशविरुद्धको खेलमा उनी घाइते भएका थिए । उनी आईपीएल अघि फिट हुने अपेक्षा गरिएको छ, जहाँ उनले रोहितको स्थानमा मुम्बई इन्डियन्सको कप्तानको रूपमा नेतृत्व गर्नेछन् । 

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ७ : ०० बजे

स्थानीय तहको विकासका लागि योग्य नेतृत्व आवश्यक : रास्वपा प्रवक्ता खरेल    

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले स्थानीय

बाबुरामले हातमा कांग्रेसको रुख लिएर के भने ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न दृश्य–अदृश्य दबाबका बाबजुद

भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा

काठमाडौं– विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा

नेपालको कृषि रूपान्तरणको चरणमा : कृषि विज्ञ

काठमाडौं– सरोकारवाला विज्ञले नेपालको कृषि क्षेत्र रूपान्तरणको चरणमा पुगेको बताएका

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले एसिया क्षेत्रको प्रतिष्ठित एसिस अवार्ड अन्तर्गत