नेपाल र मलेसियाबीचको खेल रोचक बन्दै « Khabarhub

नेपाल र मलेसियाबीचको खेल रोचक बन्दै


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा अहिले नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको बायुमास मैदानमा जारी खेलमा अहिले नेपालले दिएको १ सय १६ रनको लक्ष्य पछ्याउँदै मलेसियाले ब्याटिङ गरिरहेको छ ।

१६ ओभरको खेल सकिँदासम्म मलेसियाले ५ विकेट गुमाउँदै ८० रन बनाएको छ । अब मलेसयलाई जितका लागि ४ ओभरमा ३६ रन बनाउन आवश्यक छ ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११५ रन बनायो । नेपालका लागि डली भट्टले २४ रन बनाइन् ।

मलेसियाको बायोमास ओभलमा भइरहेको खेलको विजेता फाइनलमा पुग्नुका साथै एसिया कपका लागि छनोट हुनेछ । यसअघि भएको पहिलो सेमिफाइनल खेलमा युएईले थाइल्यान्डलाई ४ रनले हराउँदै फाइनलमा पुगेको छ ।

नेपाल र मलेसियाबीचको विजेता टोलीले पनि यसै वर्ष हुने महिला टि–२० एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ । एसिया कपमा महिला प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।

मलेसियालाई हराउन सके ८ वर्षपछि महिला टोली एसिया कपमा पुग्नेछ । पछिल्लो पटक नेपालले २०१६ मा थाइल्यान्डमा एसिया कप टि–२० क्रिकेट खेलेको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  १ : ५६ बजे

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा २९ डाक्टर र १५ इन्जिनियर निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ

राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश, एक विधेयक

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश र एक विधेयक जारी

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले