खुलामञ्चमा धमाधम सरसफाइ (फोटोफिचर) « Khabarhub

खुलामञ्चमा धमाधम सरसफाइ (फोटोफिचर)


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महानगरपालिकाले खुल्लामञ्चको सरसफाइ गरिरहेको छ । खुलामञ्चमा सौन्दर्यीकरण गर्नका लागि महानगरले सरसफाइ गरेको हो । महानगरले खुलामञ्चमा विगत १० महिनादेखि थुप्रिएका करिब १० लाख केजी भन्दा बढी कंक्रिट हटाउने काम सकाएसँगै सरसफाइ गरिएको हो ।

खुलामञ्च सधैँ खुल्लै हुनुपर्छ भन्ने आफूहरुको चाहनाअनुरुप यसलाई थप व्यवस्थित गर्न लागिएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जनाएका छन् । कुनै समूह विशेष वा एउटा मात्रै प्रयोजनका लागि नभइ खुलामञ्च बहुउपयोगी महत्वको बनोस् भन्नेमा आफूहरु सचेत रहेको उनले बताए ।

खुलामञ्चलाई थप व्यवस्थित बनाएर यहाँ बिहानै हात फैलाएर मर्निङ वाक गर्न सकियोस्, योग गर्नेहरू निर्धक्क योगासन र ध्यान गर्न सकुन्, बच्चाहरू खेल्न पाउन्, दिउँसो भलाकुसारी गर्दै आनन्दको समय बिताउन पाइयोस्, प्रदर्शन, विरोध र रचनात्मक कार्यक्रमहरु पनि खुलामञ्चमै होस् भन्ने अभिप्रायका लागि खुलामञ्चको सौन्दर्यकरण गरिएको मेयर बालेन्द्रको भनाइ छ ।

उनले खुलामञ्चमा गरिएको सौन्दर्यकरणबारे आएका समाचारले आम मानिसमा भ्रम सिर्जना गरेको भएको भन्दै दुःख समेत व्यक्त गरेका छन् । शुक्रबार दिउँसो खबरहबको टिम खुलामञ्च जाँदा महानगरका २०–२५ जना सफाइ कर्मचारी काममा व्यस्त देखिन्थे ।

खबरहबका लागि चिरायु शाक्यले खिचेका केही तस्बिरहरु-

 

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  २ : ४० बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार