कार्यक्रम कार्यान्वयन गर्न बजेट नै भएन : मन्त्री आचार्य « Khabarhub

कार्यक्रम कार्यान्वयन गर्न बजेट नै भएन : मन्त्री आचार्य


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बजेट अभावका कारण विभिन्न कार्यक्रम कार्यान्वयनमा समस्या भएको बताएका छन् । सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा मन्त्री आचार्यले बजेट अभावका कारण कार्यक्रम कार्यान्वयनमा समस्या भएको बताए ।

बैठकमा उनले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनका लागि सबैबीच सहकार्य हुनुपर्नेमा जोड दिए । मन्त्री आचार्यले अपाङ्गता परिचयपत्र डिजिटल प्रविधि मार्फत वितरण गर्नुपर्नेमा जोड दिए ।

साहायक सामाग्री वितरण कार्यक्रमहरुलाई तीनै तहका सरकारबीच समन्वयनका आधारमा अघि बढि बढाउनुपर्ने उनले बताए ।

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयन सम्बन्धी विषयमा राष्ट्रियसभाबाट स्वीकृत भएको संकल्प प्रस्ताव कार्यान्वयनमा मन्त्रालयले बिशेष ध्यान दिने मन्त्री आचार्यले बताए ।

बैठकमा समिति सदस्यहरुले अपाङ्गता भएका लागि प्रभावकारी नीति बनाउनुपर्ने, राज्यका तर्फबाट आवश्यक सामाग्रीहरुको वितरण हुनुपर्ने लगाएतका सुझाव दिएका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ४ : २० बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा