सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

तनहुँकाे शुक्लागण्डकी नगरपालिका-११ कालिकोटस्थित सडकमा गाछेपानीबाट चिसापानीतर्फ जाँदै गरेको ग.१ त २५३२ नम्बरको ट्याक्टर शुक्रबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही नगरपालिका-२ गाछेपानी बस्ने २४ वर्षीय सोम बहादुर परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यसैगरी, रामेछापको मन्थली नगरपालिका-६ सेलेघाट सिल्लिबजारस्थित सडकमा बा.२ क ४५०७ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा चालक महोत्तरी बर्दिबास नगरपालिका-४ गौरीडाँडा घर भएका ५० वर्षीय जय बहादुर माझीको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ४ : ११ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर