सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

तनहुँकाे शुक्लागण्डकी नगरपालिका-११ कालिकोटस्थित सडकमा गाछेपानीबाट चिसापानीतर्फ जाँदै गरेको ग.१ त २५३२ नम्बरको ट्याक्टर शुक्रबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही नगरपालिका-२ गाछेपानी बस्ने २४ वर्षीय सोम बहादुर परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यसैगरी, रामेछापको मन्थली नगरपालिका-६ सेलेघाट सिल्लिबजारस्थित सडकमा बा.२ क ४५०७ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा चालक महोत्तरी बर्दिबास नगरपालिका-४ गौरीडाँडा घर भएका ५० वर्षीय जय बहादुर माझीको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ४ : ११ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर