एमालेको पहलमा शान्तिप्रक्रिया टुङ्गोमा पुग्नेछ : अध्यक्ष ओली | Khabarhub Khabarhub

एमालेको पहलमा शान्तिप्रक्रिया टुङ्गोमा पुग्नेछ : अध्यक्ष ओली


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको पहलमा शान्तिप्रक्रिया टुङ्गोमा पुग्ने चरणमा रहेको बताएका छन् ।

विश्व सामाजिक मञ्च २०२४ को अवसरमा नेपाल बुद्धिजीवी परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको समाजवादको विश्वव्यापी सम्भावना नामक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले अहिलेको संविधानमा सामाजिक न्याय सहितको अधिकार स्थापित गरेको भन्दै यसलाई सबै मिलेर कार्यान्वयन गरिने धारणा राखे ।

उनले एमाले सरकारमा रहँदा सामाजिक न्यायसहितको आर्थिक विकासमा जोड दिएको र त्यसका लागि आवश्यक पूर्वाधार बनाएको दाबी गरे । महिला अधिकार, शिक्षा, स्वच्छ खानेपानी र स्वास्थ्य बिमा सहित सामाजिक सुरक्षाका क्षेत्रमा एमाले सरकारले धेरै काम गरेको उनले बताए ।

ओलीले सुखी नेपाली समृद्ध नेपालको लक्ष्यलाई पुरा गर्नका लागि प्रतिबद्ध रहेको धारणा राखे । त्यस्तै उनले समाजवादले नै मुलुकलाई अघि बढाउन सकिने र सबै प्रकारका विभेद अन्त्य गर्ने बताए ।

अध्यक्ष ओलीले सामाजिक न्यायका आधारमा परराष्ट्र नीति र सम्बन्ध पारस्परिक लाभलाई अघि बढाउने धारणा राखे।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ४ : ५३ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने