एमालेको पहलमा शान्तिप्रक्रिया टुङ्गोमा पुग्नेछ : अध्यक्ष ओली « Khabarhub

एमालेको पहलमा शान्तिप्रक्रिया टुङ्गोमा पुग्नेछ : अध्यक्ष ओली


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको पहलमा शान्तिप्रक्रिया टुङ्गोमा पुग्ने चरणमा रहेको बताएका छन् ।

विश्व सामाजिक मञ्च २०२४ को अवसरमा नेपाल बुद्धिजीवी परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको समाजवादको विश्वव्यापी सम्भावना नामक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले अहिलेको संविधानमा सामाजिक न्याय सहितको अधिकार स्थापित गरेको भन्दै यसलाई सबै मिलेर कार्यान्वयन गरिने धारणा राखे ।

उनले एमाले सरकारमा रहँदा सामाजिक न्यायसहितको आर्थिक विकासमा जोड दिएको र त्यसका लागि आवश्यक पूर्वाधार बनाएको दाबी गरे । महिला अधिकार, शिक्षा, स्वच्छ खानेपानी र स्वास्थ्य बिमा सहित सामाजिक सुरक्षाका क्षेत्रमा एमाले सरकारले धेरै काम गरेको उनले बताए ।

ओलीले सुखी नेपाली समृद्ध नेपालको लक्ष्यलाई पुरा गर्नका लागि प्रतिबद्ध रहेको धारणा राखे । त्यस्तै उनले समाजवादले नै मुलुकलाई अघि बढाउन सकिने र सबै प्रकारका विभेद अन्त्य गर्ने बताए ।

अध्यक्ष ओलीले सामाजिक न्यायका आधारमा परराष्ट्र नीति र सम्बन्ध पारस्परिक लाभलाई अघि बढाउने धारणा राखे।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ४ : ५३ बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा