वैचारिक राजनीतिक कार्यदिशाका आधारमा कम्युनिष्टबीच एकता हुनुपर्छ : नेता खनाल « Khabarhub

वैचारिक राजनीतिक कार्यदिशाका आधारमा कम्युनिष्टबीच एकता हुनुपर्छ : नेता खनाल


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वैचारिक राजनीतिक कार्यदिशाका आधारमा कम्युनिष्टहरुबीच एकता हुनुपर्ने बताएका छन्  ।

शुक्रबार काठमाडौंमा आयोजित समाजवाद र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा खनालले कम्युनिष्टहरुको एकता आजको अपरिहार्य एकता भएको भन्दै वैचारिक राजनीतिक कार्यदिशाका आधारमा कम्युनिष्टहरुबीच एकता हुनुपर्ने बताएका हुन् ।

बाम एकताको आवश्यकता रहको अवस्थामा आफ्नो पार्टीले सही कार्यदिशा नीति र विचारको विकास गर्नुपर्ने उनले बताए । खनालले अवको अवस्थामा भावनाले नभई नीतिको बहसले मात्रै कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याउनुपर्ने धारणा राखे ।

उनले कम्युनिस्ट पार्टीलाई देशी विदेशी शक्तिले पटक पटक विभाजन गरेको भन्दै कम्युनिस्ट आन्दोलन पुनर्गठन हुनुको विकल्प नरहेको उल्लेख गरे ।

खनालले समाजवाद प्राप्ति नभएसम्म जनताका आधारभूत समस्या समाधान गर्न सम्भव नभएको तर्क गरे ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ५ : ५८ बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा