दोलखाको वैतेश्वर र मेलुङका दुई घरमा आगलागी हुँदा २५ लाख बराबरको क्षति « Khabarhub

दोलखाको वैतेश्वर र मेलुङका दुई घरमा आगलागी हुँदा २५ लाख बराबरको क्षति


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

दोलखा- दोलखाको वैतेश्वर गाउँपालिका वडा नम्बर ४ र मेलुङ गाउँपालिका ७ मा आगलागी हुँदा २ घर जलेर नष्ट भएका छन् । वैतेश्वर ४को लामास्वाँरा निवासी रवीचन्द्र दहालको भूकम्प पछि निर्माण गरिएको दुई कोठाको घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको अनुमान गरिएको वडा नम्बर ४ का वडाध्यक्ष कुमार चौलागाईंले जानकारी दिए ।

गएराति भान्सा कोठाबाट सुरु भएको आगोले सिङ्गो घर जलेर नष्ट भएको वडाध्यक्ष चौलागाईंले जानकारी दिए । ईलाका प्रहरी कार्यालय मैनापोखरीको टोलीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । आगलागी पीडित दाहाललाई आपतकालीन राहतस्वरूप वडाध्यक्ष चौलागाईंले नगद १० हजार व्यक्तिगत सहयोग गरेको पीडित दाहालले बताए ।

यसैबीच, शुक्रबार दिउँसो जिल्लाको मेलुङ गाउँपालिका ७ जिम्बलटोल निवासी भीमबहादुर खड्काको घरमा पनि आगलागी हुँदा घर पुर्ण रुपले जलेर नष्ट भएको छ । शुक्रबार दिउँसो करिब साढे ४ बजेको समयमा घरनजिकै रहेको परालको कुन्यूँबाट सल्केको आगोले नजिकै रहेको घर र गोठ जलेर नष्ट हुँदा करिब ११ लाख ७५ हजार बराबरको धनमाल जलेर नष्ट भएको मेलुङ प्रहरी चौकीले जनाएको छ ।

प्रहरीले रीले स्थानीयको सहयोगमा करिब एक घण्टा पछि आगो नियन्त्रणमा लिएको थियो । आगलागीको कारण घरभित्र रहेको सम्पूर्ण लत्ताकपडा,भाँडाकुडा र अन्नपात पुर्ण रूपमा जलेर नष्ट हुँदा ११ लाख ७५ हजारबराबरको क्षति भएको अनुमान गरिएको छ ।

-सुवास बस्नेत

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ६ : ५५ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका