यस्तो छ कांग्रेस महामन्त्रीद्वयको प्रतिवेदन (पूर्णपाठ) « Khabarhub

यस्तो छ कांग्रेस महामन्त्रीद्वयको प्रतिवेदन (पूर्णपाठ)

गगनले औँल्याए दुई धार, शर्माले भने ‘लोकतन्त्रको विकल्प, समुन्नत लोकतन्त्र’


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रको दुई धार सङ्गठनका लागि घातक भएको बताएका छन् । पार्टीको महासमिति बैठकमा प्रस्तुत हुने सांगठनिक प्रतिवेदनमा उनले पहिलो आत्मनिन्दा र दोस्रो आत्मश्लाघा रहेकोसमेत उल्लेख गरेका छन् ।

यी दुवै अतिवादी प्रवृति सङ्गठनका निम्ति अत्यन्तै घातक रहेको उनको प्रतिवेदमा उल्लेख छ । उनको प्रतिवेदमा भनिएको छ, ‘पाटीले जे गरिरहेको छ वा जे भइरहेको छ ठीक भइरहेको छैन भन्ने ठहर्छ । अब पनि केही हुँदैन कि भन्ने भय र चिन्ताले उसको आत्मविश्वास खस्किएको छ । विगतमा पार्टीले गरेका निर्णय र पछ्याएको बाटोका सन्दर्भमा पनि उसमा भएको लघुताभासका कारण प्राप्त उपलब्धिको समेत अपनत्व लिन ऊ धकाइरहेको छ । यो पङ्क्ति एकदमै द्विविधा, निराशा र आत्मनिन्दाले ग्रसित छ ।’

दोस्रो धारबारे महामन्त्री थापाले भनेका छन्, ‘भर्खरै सम्पन्न निर्वाचनहरूमा विजय हासिल गरेर सबैभन्दा ठूलो पार्टी भएका छौँ, हामी अभेद्य छौँ, हाम्रा चुनौती साना छन् भन्ने अतिरिक्त आत्मश्लघाले ग्रसित देखिन्छ । ऊ पार्टीका आन्तरिक समस्यालाई उपेक्षा गर्छ, बाहिर आएका कुरालाई विरोधीहरूको प्रपोगण्डा मान्दछ र मूलतः पार्टीमा सबै ठीकठाक छ भन्ने ठहर गर्छ । पार्टीको सुदूर भविष्यसमेत सुनिश्चित भएकोमा ऊ ढुक्क छ ।’

महामन्त्री थापाले आफ्नो सांगठनिक प्रतिवेदनमा पार्टीको अनुशासनमा पनि जोड दिएका छन् । उनले भनेका छन्, ‘पार्टी संगठनलाई विधिसम्मत चलाउन पार्टीको प्रत्येक सदस्य र समितिले विधिअनुसार आफ्नो कर्तव्य एवं जिम्मेवारी पूरा गर्नुपर्दछ र पार्टी अनुशासन पालना गर्नुपर्दछ । पार्टीको विधानले अनुशासन पालनाका सन्दर्भमा केही विधि र संयन्त्र निर्धारण गरेको छ । पार्टी अनुशासन उल्लङ्घन गर्ने कुनै पनि प्रयासलाई पार्टीले छुट दिनु हुँदैन । सबैले आफ्नो कर्तव्य, जिम्मेवारी र अनुशासनको पूर्ण पालन गर्नुपर्दछ ।’

महामन्त्री थापाले विधानअनुसार २०८२ मंसिरसम्ममा पार्टीको महाधिवेशन गर्नुपर्ने भन्दै त्यसभन्दा अगाडि २०८१ मा विधान अधिवेशन–महासमिति बैठक गर्ने पनि उल्लेख गरेका छन् ।

यस्तै, अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रतिवेदनमा कांग्रेसले ‘हरेक विषयमा स्पष्टता, हरेक मुद्दामा अग्रता’ हुनुपर्ने बताएका छन् । महासमिति बैठकमा प्रस्तुत गर्नुपूर्व परिमार्जनका लागि केन्द्रीय कार्यसमितिमा प्रस्तुत १९ पृष्ठ लामो प्रतिवेदनमा लोकतन्त्रको विकल्प, समुन्नत लोकतन्त्र हुनुपर्नेमा उनले जोड दिएका छन् ।

महामन्त्री शर्माको प्रतिवेदनमा गठबन्धनलाई फरक मतको चुनौतीपूर्ण सहकार्यको संज्ञा दिइएको छ । गठबन्धनबाट प्राप्त गणितको समिक्षा गर्दै उनले यसकै बलमा पार्टी पहिलो दल बनेका तर्क गरेका छन् । तर, अन्य पार्टीको मत पाएर पहिलो दल बनिरहँदा आफ्नो वास्तविक मत गुमाएको वास्तविकता तर्फ सचेत हुनुपर्ने महामन्त्री शर्माको राय छ । गठबन्धनमा रहेर स्वतन्त्र गतिविधि गर्न कांग्रेसलाई कति सहज हुन्छ भन्ने विषयमा गम्भिर हुनुपर्नेमा उनको जोड छ ।

महामन्त्री शर्माले कांग्रेस सरकारमा सहभागिता भइरहँदा संविधान रक्षाको विषय मूल हुने भएपनि यो विषयमा चुकेको र नागरिकको भावना अपेक्षित गतिविधि सम्बोधन हुन नसकेको बताएका छन् । महामन्त्री शर्माले नेपालमा सुशासन, नागरिकमा असन्तुष्टि, राजनीतिको साझा कार्यभार र राजनीतिले चिन्नुपर्ने, चिर्नुपर्ने र सहकार्यमा गाँस्नुपर्ने नेपाली समाजको बहुआयामिक मनोविज्ञान गरी सात विषयलाई आफ्नो प्रतिवेदमा समेटेका छन् । यस्तै उनले नीति, विधि र थितीको जगमा १५ वर्षे योजना बनाउनुपर्ने भन्दै महासमिति बैठकमा यो विषयमा छलफल हुनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ७ : २१ बजे

विश्वकपमा आज तीन भिडन्त : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत सोमबार तीन खेल हुँदैछन्।

आज दिनभर एमाले अध्यक्ष ओली दमकमा व्यस्त

दमक – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सोमबार दिनभर

मुग्लिन–मलेखु सडकमा कालोपत्र गरिँदै

चितवन– पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम

नयाँ वर्षमा तुलसी घिमिरेको ‘पहाड’ प्रदर्शनको घोषणा

काठमाडौं– वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ आगामी

चितवनका वडा-वडामा रवि लामिछानेको ‘घण्टी अभिवादन’

​चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आगामी