गाजामा मृत्यु हुने प्यालेस्टाइनीक सङ्ख्या २८ हजार ७७५ पुग्यो « Khabarhub

गाजामा मृत्यु हुने प्यालेस्टाइनीक सङ्ख्या २८ हजार ७७५ पुग्यो


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

गाजा – गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २८ हजार ७७५ पुगेको छ भने अन्य ६८ हजार ५५२ जना घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा ११२ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ । साथै उक्त आक्रमणबाट अन्य १ सय ५७ जना घाइते भएका छन्।

प्यालेस्टिनी चिकित्सा स्रोतहरूले सिन्ह्वालाई बताए अनुसार गाजाको दक्षिणी शहर रफाहमा इजरायली हवाइ आक्रमणमा कम्तीमा ११ प्यालेस्टाइनीको मृत्यु भएको छ।

यसैबीच, मन्त्रालयले इजरायली सेनाले आक्रमण गरेपछि गाजा पट्टीको दक्षिणमा रहेको खान युनिसको नासेर अस्पतालमा अक्सिजन आपूर्ति रोकिएको र बिजुली समेत अवरुद्ध हुँदा ४ जना प्यालेस्टिनी बिरामीको मृत्यु भएको जनाएको छ।

यसैबीच दुई जना महिलाले ूबिजुली, पानी, खाना लगायत अत्यावश्यक मानवीय आपूर्ति अभावको विषम अवस्थामा बच्चा जन्माएका छन्।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ८ : ५१ बजे

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र विकास बोर्डलाई

घरबाट बेपत्ता दुई बालिका जङ्गलमा मृत भेटिए

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिका-४ मनघरमा सोमबार दुई जना बालिका

सर्बियामा विद्यार्थी आन्दोलनको विजय

बेलग्रेड– सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा विजयको घोषणा गरेको

कसले सुनिदिने किसानका पीडा ?

सर्लाही– उन्नत ढङ्गले कृषि कर्म गर्न सकेमा रोजगारीका लागि विदेश

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

वालिङ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनः