वैज्ञानिक समाजवादलाई अवलम्बन गर्नुको विकल्प छैन : झलनाथ खनाल « Khabarhub

वैज्ञानिक समाजवादलाई अवलम्बन गर्नुको विकल्प छैन : झलनाथ खनाल


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीको आसन्न महाधिवेशनका लागि लेखिने दस्तावेजमा समाजवादको प्रयोगलाई नेपाली परिवेश सुहाउँदो वैचारिक दृष्टिकोणसहित समावेश गरिने बताए ।

समाजवादी अध्ययन तथा अनुसन्धान केन्द्रद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले जनताको बहुदलीय जनवाद, नौलो जनवादलगायत विचार प्रयोग भएको बताउँदै मुलुकको विकास तथा जनताको आर्थिक रुपान्तरणका लागि समाजवादको आदर्शलाई कार्यान्वयन गर्ने गरी दस्तावेजमा उल्लेख गरिने बताए ।

अब वैज्ञानिक समाजवादलाई अवलम्बन गर्नुको विकल्प नरहेको बताउँदै पूर्वप्रधानमन्त्री खनालले पार्टीको अस्तित्व रक्षाका लागि सबै पालिका, वडा र टोलसम्म कमिटी निर्माण गर्न देशभर धेरै सदस्यता विस्तारका साथै जनमुखी कार्यक्रम सञ्चालन गर्नुपर्ने विचार व्यक्त गरे ।

पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेले कम्युनिष्ट पार्टीको नेतृत्वमा गठन भएको सरकारले जनताको आर्थिक तथा सामाजिक रुपान्तरण गर्न नसकेकाले जनतामा नैराश्यता छाएकामा चिन्ता व्यक्त गरे ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ९ : १९ बजे

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका