वैज्ञानिक समाजवादलाई अवलम्बन गर्नुको विकल्प छैन : झलनाथ खनाल « Khabarhub

वैज्ञानिक समाजवादलाई अवलम्बन गर्नुको विकल्प छैन : झलनाथ खनाल


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीको आसन्न महाधिवेशनका लागि लेखिने दस्तावेजमा समाजवादको प्रयोगलाई नेपाली परिवेश सुहाउँदो वैचारिक दृष्टिकोणसहित समावेश गरिने बताए ।

समाजवादी अध्ययन तथा अनुसन्धान केन्द्रद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले जनताको बहुदलीय जनवाद, नौलो जनवादलगायत विचार प्रयोग भएको बताउँदै मुलुकको विकास तथा जनताको आर्थिक रुपान्तरणका लागि समाजवादको आदर्शलाई कार्यान्वयन गर्ने गरी दस्तावेजमा उल्लेख गरिने बताए ।

अब वैज्ञानिक समाजवादलाई अवलम्बन गर्नुको विकल्प नरहेको बताउँदै पूर्वप्रधानमन्त्री खनालले पार्टीको अस्तित्व रक्षाका लागि सबै पालिका, वडा र टोलसम्म कमिटी निर्माण गर्न देशभर धेरै सदस्यता विस्तारका साथै जनमुखी कार्यक्रम सञ्चालन गर्नुपर्ने विचार व्यक्त गरे ।

पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेले कम्युनिष्ट पार्टीको नेतृत्वमा गठन भएको सरकारले जनताको आर्थिक तथा सामाजिक रुपान्तरण गर्न नसकेकाले जनतामा नैराश्यता छाएकामा चिन्ता व्यक्त गरे ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ९ : १९ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला