बंगालको खाडीमा नौसैनिक अभ्यास हुँदै « Khabarhub

बंगालको खाडीमा नौसैनिक अभ्यास हुँदै


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- हिन्द प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावबीच बंगालको खाडीमा यसै महिना नौसैनिक अभ्यास आयोजना हुने भएको छ । मिलन नाम दिइएको यस अभ्यासमा भारतका दुई लडाकु विमानवाहक नौसैनिक युद्धपोतसहित ५० भन्दा धेरै नौसैनिक जहाज एवम् पनडुब्बी सहभागी हुने भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यस अभ्यासमा भारतसहित चारपक्षीय सुरक्षा संवाद क्वाडका अन्य सदस्यहरु अस्ट्रेलिया, अमेरिका र जापानसहित दक्षिणपूर्वी एसियाली मुलुकका नौसेनाले पनि सहभागिता जनाउनेछन् ।

यस अभ्यासमा फ्रान्स, बंगलादेश, दक्षिण कोरिया, भियतनाम, इण्डोनेशियाका नौसैनिकको पनि सहभागिता रहनेछ । यस नौसैनिक अभ्यासमा भारतले आईएनएस विक्रमादित्या र आईएनएस विक्रान्तलाई पनि उतार्नेछ ।

यो मिलन अभ्यासको १२ औँ संस्करण हुने र हालसम्मकै सबैभन्दा वृहद अभ्यास हुने भारतीय नौसैनिक अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  १२ : ४४ बजे

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार