एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल च्याम्पियनसिप « Khabarhub

एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल च्याम्पियनसिप


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भलिबल संघको आयोजनामा आठौँ आरबीबी एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल च्याम्पियनसिप आज सुरु हुँदैछ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुने सो खेलमा पुरूषतर्फका १३ र महिलातर्फका ७ समुहले भाग लिँदैछन् ।

जसअनुसार महिलातर्फ समूह ‘ए’ मा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब र कर्णाली प्रदेश तथा समूह ‘बी’ मा चन्द्रागिरी नगरपालिका न्यू डायमन्ड, नेपाल एपीएफ क्लब र मधेश प्रदेश प्रतिस्पर्धामा उत्रिँदै छन् ।

यसैगरी पुरुषतर्फको समूह ‘ए’ मा हेल्प नेपाल स्पोर्ट्स क्लब, कोशी प्रदेश र ढोरपाटन क्लब रहेका छन् भने समूह ‘बी’ मा नेपाल एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र सहभागी हुनेछन् ।

साथै, समूह ‘सी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बुढानीलकण्ठ भलिबल क्लब र समूह डी मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मणिमुकुन्द भलिबल क्लब र न्युटन भलिबल क्लबले सहभागी हुने आयोजकले जनाएका छन् ।

चैत १० गतेसम्म चल्ने प्रतियोगिताको दुवै तर्फका विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले समान ४० हजार पाउनेछन् । विधागत उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाईकर, लिवेरो र प्रशिक्षकले १५–१५ हजार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ७ : ०५ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५