महेन्द्रनगरमा संस्कृति झल्किने ‘चित्रकला’ « Khabarhub

महेन्द्रनगरमा संस्कृति झल्किने ‘चित्रकला’


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रलाई सौन्दर्यकरण गर्न थालिएको छ । भीमदत्त नगरपालिकाको सहयोग एवं पहलमा नेपाल कमर्सियल आर्टिस्ट सङ्घले बजार क्षेत्रलाई कला संस्कृति झल्किने चित्रकलासहित सौन्दर्यकरण गर्न थालेको हो । सङ्घमा आबद्ध दक्ष कलाकारले महेन्द्रनगर सौन्दर्यकरण गर्न श्रमदान गरेका छन् ।

हरेक वर्ष अरनिको दिवसको अवसरमा सामाजिक कार्य गर्दै आएको आर्टिस्ट सङ्घले नयाँ काम गर्ने उद्देश्यले भीमदत्त नगरपालिकाको सहयोगमा बजार सौन्दर्यकरण गरेको जनाएको छ ।

सङ्घले नगरपालिकालाई पेन्टिङ गर्न रङको व्यवस्थापनका लागि अनुरोध गरेको र सोहीबमोजिम नगरपालिको सामग्री उपलब्ध गराएपछि श्रमदानमा पेन्टिङ गर्न लागीएको नेपाल कमर्सियल आर्टिस्ट सङ्घ कञ्चनपुरका अध्यक्ष दिनेश विकले बताए ।

सङ्घले कला संस्कृतिको जगेर्ना गर्नु सबैको कर्तव्य हो भन्ने उद्देश्यले भीमदत्त नगरपालिकासँगको सहकार्यमा ट्राफिक चोकदेखि दशरथ चोकसम्मका भित्तामा सुदूरपश्चिमका कला र संस्कृति झल्किने चित्रकला कोरेर नगरलाई सौन्दर्यकरण गरिरहेको उनको भनाइ छ ।

त्यसैगरी भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशीले भीमदत्त नगरपालिकाले बजार क्षेत्रलाई कला संस्कृति झल्किने चित्रकलासहित सौन्दर्यकरणका लागि पहल गरिएको बताए ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ७ : २९ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको