बाबुरामलाई छाडेर नेसपा र माओवादीबीच पार्टी एकता गर्ने सहमति « Khabarhub

बाबुरामलाई छाडेर नेसपा र माओवादीबीच पार्टी एकता गर्ने सहमति


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


774
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकता गर्ने सहमति भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा दुवै पार्टीको केन्द्रीय समितिको एकता संयोजन समितिको आज बालुवाटारमा बसेको बैठकले एकता गर्ने निर्णय गरेको हो ।

बैठकमा माओवादीका तर्फबाट अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ तथा नेसपाका तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी थिए ।

बैठकमा नेसपाका अर्का अध्यक्ष डा. बाबुराम भट्टराईलाई भने बोलाइएको थिएन । भट्टराई पछिल्लो समय माओवादीसँग एकता नगर्ने अडानमा थिए । भट्टराईलाई छाडेर अर्का अध्यक्ष यादवले माओवादीसँग एकता गर्न लागेका हुन् ।

माओवादी र नेसपाको यादव पक्षले एकीकृत पाटीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय गरेको छ ।

पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न माओवादीबाट गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सहअध्यक्ष श्रेष्ठ र महासचिव यादव रहेको कार्यदल रहेको छ ।

 

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  १० : २७ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती