स्वयम्भू महाचैत्यको जीर्णोद्धार « Khabarhub

स्वयम्भू महाचैत्यको जीर्णोद्धार


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू महाचैत्यको मूल छत्र–गजुर ५० लाखको लागतमा जीर्णोद्धार गरिएको छ ।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले गजुरको जीर्णोद्धार गरेको हो । काठमाडौँ-१५ मा रहेको महाचैत्यको पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र गुठी संस्थानले जीर्णोद्धारका लागि प्राविधिक अध्ययन गरेका थिए ।

यही चैत ५ गते धार्मिक परम्पराअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले चैत्यको पूजा गर्ने कार्यक्रम रहेको महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरले जानकारी दिए। उक्त चैत्य एक सय छ मिटर अग्लो छ । गजुरमा सुनको जलप लगाइएको छ । गजुरसँगै हर्मिका, छत्राबलि र १३ भुवन पनि सिँगारिएको छ । 

महाचैत्यको कलाकौशल, बनोटको अध्ययन तथा अवलोकन गर्न स्वदेशी र विदेशी पर्यटक आउने गरेको महासमितिका इन्जिनियर राजेश सुवालले जानकारी दिए । चैत्यको आसपास रहेको अनन्तपुर र प्रतापपुर यसअघि जीर्णोद्धार भइसकेका छन् । मन्दिर क्षेत्रबाट काठमाडौँ उपत्यका राम्रोसँग देख्नसक्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । 

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  १२ : २६ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर