राष्ट्रपति पौडेलद्वारा सालिक अनावरण « Khabarhub

राष्ट्रपति पौडेलद्वारा सालिक अनावरण


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– राष्ट्रपति रामचन्द्र पौडेलले जिल्लाको पिपरा गाउँपालिका– ४ मा निर्मित पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता स्वर्गीय रामनारायण मिश्र, जलेश्वर नगरपालिका– ५ मा निर्मित पूर्वमन्त्री स्वर्गीय गणेश नेपाली र मटिहानी नगरपालिका– ८ मा निर्मित सहिद केशव कोइरालाको सालिक अनावरण गरेका छन् । 

राष्ट्रपति पौडेलले पिपरामा नेता मिश्रको, त्यसपछि नेता नेपालीको र अन्त्यमा सहिद केशव कोइरालाको सालिक अनावरण गरेका हुन् । 

सालिक अनावरण गर्दै राष्ट्रपति पौडेलले सहिद एवं पूर्वनेता  देशका धरोहर हुन् भन्दै उनीहरूप्रति सबैको श्रद्धाभाव हुनुपर्ने बताए। उनीहरूले देशका लागि गरेको योगदानलाई हामीले बिर्सिन नहुने तथा उहाँहरूले देखाउनुभएको बाटोमा सधैँ हिँड्नुपर्नेमा राष्ट्रपतिले जोड दिए। 

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  १ : १० बजे

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा सम्बोधन गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल