राष्ट्रियसभाअन्तर्गत दुई विषयगत समितिका सभापति निर्विरोध निर्वाचित | Khabarhub Khabarhub

राष्ट्रियसभाअन्तर्गत दुई विषयगत समितिका सभापति निर्विरोध निर्वाचित


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा अन्तर्गत दुईवटा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । 

दुई समितिको सभापतिका लागि शनिबार उम्मेद्वारी दर्ता भएको थियो । सो क्रममा एकल उम्मेदवारी परेको हो । राष्ट्रियसभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा सोनाम गोल्जेन शेर्पाको मात्रै उम्मेदवारी परेको छ । उनको प्रस्तावकमा गोपी बहादुर सार्की अछामी रहे भने समर्थकमा इन्दीरा देवी गौतम र दुर्गा गुरुङ प्रस्तावक रहेका छन् ।

त्यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कमला पन्तको मात्रै उम्मेदवारी परेको छ । उनको प्रस्तावकमा नारायण दत्त भट्ट र समर्थकमा शारदा देवी भट्ट रहेका संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए ।

आइतबार दुवै समितिको बैठकले एकमात्रै उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा हुने उनले बताए । राष्ट्रिय सभाको नियमावली, २०७५ को नियम १५० बमोजिम राष्ट्रिय सभाका विषयगत समितिका सभापतिको निर्वाचन चैत ४ गतेका लागि तोकिएको थियो । 

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  १ : ५८ बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक