महिला सशक्तिकरणको लागि चीनले विशेष भूमिका खेल्ने « Khabarhub

महिला सशक्तिकरणको लागि चीनले विशेष भूमिका खेल्ने


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला र युवालाई सशक्त बनाउने संयुक्त राष्ट्र सङ्घको प्रयासमा चीनको सहयोग रहिरहने चिनियाँ अधिकारीले जनाएका छन् ।

मार्च  २२ मा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा समापन हुने संयुक्त राष्ट्रसङ्घीय महिला आयोगको ६८ औँ सत्रमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको बालबालिका र महिलासम्बन्धी राष्ट्रिय समितिको उप प्रमुख हुआङ जियाओवीले उक्त कुरा बताए ।   

राष्ट्र संघीय सुरक्षा परिषद्मा द्वन्द्व रोकथाम प्रवद्र्धन-महिला  युवासहित अभिनेता सशक्तीकरण खुला बहसमा अशान्त अन्तर्राष्ट्रिय अवस्थामा महिला तथा युवाको सशक्तिकरणको महत्व रहेको उनले जोड दिए । 

बदलिँदो संसारमा राम्रो प्रतिक्रिया जनाउन तथा शान्ति र विकासलाई अगाडि बढाउन उनीहरूको ज्ञान र सम्भावना प्रयोग गर्नसमेत आग्रह गरेका छन्  । 

चीनले महिला तथा युवाहरूको आर्थिक सशक्तिकरण क्षमता निर्माणलाई समर्थन गर्ने उनीहरूको शिक्षा र रोजगारीका अवसरहरू सुनिश्चित गरी विकासलाई बढावा दिई स्थायी शान्ति प्राप्त गर्न ठोस आधार तयार गर्न मद्दत गर्ने कुरामा उनले जोड दिए । 

चीन सधैँ महिला र युवाहरूको सशक्तीकरण र विकासका लागि दृढ र सक्रिय अभ्यासकर्ता रहेको उल्लेख गर्दै हुआङले कानुन, नीति र नयाँ नयाँ उपाय अपनाएर महिलालाई आर्थिक र सामाजिक विकासको फाइदा बाँड्ने सुनिश्चितताका लागि चीन प्रतिबद्ध रहेको बताए । 

चीनले चार  करोड ४० लाखभन्दा बढी चिनियाँ ग्रामीण महिलालाई चरम गरिबीबाट मुक्त गरेको बताउँदै चिनियाँ जनशक्तिमा ४० प्रतिशतभन्दा बढी, प्राविधिक कामदार ४५.८  प्रतिशत र डिजिटल व्यापार र लाइभ स्ट्रिमिङजस्ता नयाँ व्यापार मोडल सञ्चालन गर्नेमध्ये एक तिहाइ महिला जनशक्ति रहेको उनले बताए ।  

ह्वाङगले चीनले युवाहरूको प्रगतिलाई ठूलो महत्व दिइएको बताउँदै उनीहरूको समग्र विकासमा समर्पित राष्ट्रिय योजनाहरू लागू र कार्यान्वयन गरेको तथा शिक्षा र रोजगारीका सम्बन्धमा २४० भन्दा बढी युवा समर्थक नीतिहरू रहेको बताएका छन्।  

राष्ट्रव्यापीरूपमा  १८७ भन्दा बढी चिनियाँ सहरहरूले युवाहरूद्वारा सञ्चालित सहरी विकासको अन्वेषण गर्न पहल गरेका छन् । वैज्ञानिक र प्राविधिक नवप्रवर्तन, ग्रामीण पुनः उत्थान तथा अन्तर्राष्ट्रिय सहयोगका लागि अधिक युवाहरू अग्रणी शक्ति बनिरहेका उनले बताए। 

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ३ : ५१ बजे

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर- सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा एक हजार ४६०

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश

काठमाडौं- सर्वोच्च अदालतले सङ्क्रमणकालीन न्यायसम्बन्धी उजुरीको अनुसन्धान गरी छिटो निष्कर्षमा

हुम्लामा पहिलो पटक डेङ्गु सङ्क्रमण पुष्टि

हुम्ला- हिमाली जिल्ला हुम्लामा पहिलो पटक डेङ्गु सङ्क्रमण पुष्टि भएको

विद्युत प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा

काठमाडौं- नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी ‘नेपाल डिजिटल पूर्वाधार कम्पनी’

बालेन सरकारविरुद्ध प्रमुख विपक्षी दलको मोर्चाबन्दी

काठमाडौं- संसदमा प्रतिनिधित्व गर्ने प्रमुख विपक्षी दलहरूले वालेन्द्र शाह (बालेन)