अन्तर नगर महिला कबड्डी : बुटवल र मेलौली फाइनलमा « Khabarhub

अन्तर नगर महिला कबड्डी : बुटवल र मेलौली फाइनलमा


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर नगरपालिकाको आयोजनामा फागुन २९ गतेबाट सुरु भएको अन्तर नगर महिला कबड्डी प्रतियोगिताको फाइनल खेल बुटवल उपमहानगरपालिका रूपन्देही र मेलौली नगरपालिका बिच हुनेछ।  

बुटवल उपमहानगरपालिका र पोखरा महानगरपालिकाविचको शुक्रबारको  सेमिफाइनल खेलमा बुटवलले पोखरालाई ४३–२५ अंकले पराजित गरेको थियो । सो खेलमा बुटवलका सृजना थारु म्यान अफ द म्याच घोषित भइन् ।

त्यस्तै तीव्र प्रतिस्पर्धाबीच भीमदत्त नपा र मेलौली नपाविचको सेमिफाइनलको खेलमा मेलौलीले भीमदत्तलाई ३७–३१ अंकले पराजित गरेको थियो । उक्त खेलमा मेलौलीका रविना चौधरी म्यान अफ द म्याच घोषित भइन् ।

प्रतियोगितापछि विजयी खेलाडीहरुलाई पुरस्कार वितरण एवम् समापन कार्यक्रम हुने छ । संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा उत्कृष्टहरु पुरस्कृत हुने छन् ।

प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई  १ लाख, तेस्रो र चौथो हुनेलाई ५०–५० हजार प्रति समूह नगद पुरस्कारको व्यवस्था छ । प्रतियोगितामा पोखरा महानगरपालिका र भीमदत्त नगरपालिका तेश्रो भएको छन् । बुटवलबाट पोखरा र मेलौलीबाट भीमदत्त पराजित भएपछि पोखरा र भीमदत्त दुई नगरपालिकाहरू तेश्रोमा सीमित भएका हुन् ।  

भक्तपुर नगरपालिका वडा १ का वडाध्यक्ष तथा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले अन्तर नगर महिला कबड्डी प्रतियोगितामा १५ वटा नगरपालिका सहभागी रहेका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ४ : ०१ बजे

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ