नकारात्मक समीक्षाबारे के भन्छन् प्रदीप र केकी ? « Khabarhub

नकारात्मक समीक्षाबारे के भन्छन् प्रदीप र केकी ?


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  विशुद्ध समीक्षा कस्तो हुनुपर्छ ? यो विषय अण्डा पहिला कि चल्ला भन्ने त्यही स्थायी कुतर्कमा पुगेर टुंगिन्छ । तर वास्तविक समीक्षकले ‘राजहाँस’को भूमिका निर्वाह गर्नुपर्छ भन्नेमा कसैको दुईमत छैन । शुरुमै जीब्रोमा नून बोकेर जब तरकारी चाख्ने कर्म गरिन्छ भने त्यसमा पूर्वाग्रहले घर जमाउने निश्चित छ । 

पुस्तक समीक्षाबाट शुरु हुने यो कर्म सिनेमा तहसम्मै नराम्ररी घर गरेको छ । यसले गर्दा एक अर्कासँग तर्सिनुपर्ने अविश्वासको खाडल झन्झन् विकराल बन्दैछ । अझ सामाजिक सञ्जालले यसलाई थप मसला थप्ने काम गरेको छ । समीक्षाका नाममा हुने सस्ता टिकाटिप्पणीबाट मानसिक र आर्थिक रुपमा खेप्नुपरेको हैरानीका विषयमा चलचित्र सम्बद्ध सदस्यहरुले दुखेसो पोखेका छन् । उनीहरुको प्रश्न छ– खुइल्याउनु समीक्षाको धर्मभित्र कसरी पर्छ ? 

नेपाली फिल्म प्रदर्शन हुन नपाउँदै समीक्षाको ओइरो लाग्छ । सही तर्क भए पनि नकारात्मक शब्द प्रयोग बढी भएकाले समीक्षा स्वयं समीक्षाको शिकार बन्छ । पछिल्लो समय यो प्रवृत्ति कै रुपमा विकास भएको छ भन्दा फरक पर्दैन । 

हो यही कुराले ‘चलचित्र समीक्षा : तालीकी गाली ?’ अन्तरक्रियामा विशेष स्थान पायो । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा अन्तर्गत शनिबार भएको सो कार्यक्रममा निर्देशक प्रदीप भट्टराई र नायिका केकी अधिकारीले समीक्षाको प्रभावबारे अनभुव राखे । 

समीक्षा गर्दा तर्क र शब्द चयन स्तरीय हुनुपर्ने धारणा राखे । यद्यपि कृतिभन्दा भन्दा माथि उठेर समीक्षा गर्ने समीक्षकको प्रशंसासमेत गरे ।
निर्देशक भट्टराईले नकारात्मक समीक्षाले आफ्ना दुई फिल्मको उदाहरण दिँदै व्यापारमा प्रभावको बारेमा अनुभव राखे । त्यस्तै केकी अधिकारीले नकारात्मक समीक्षा धेरै आउने भएकाले सकारात्मक समीक्षा आउँदा आश्चर्यमा पर्ने अवस्था आएको तीतो अनुभव बाँडिन । 

समीक्षाको प्रभावबारे चलचित्रकर्मीको बुझाइ

प्रदीप भट्टराई : समीक्षा राम्रो लेखेकाले ‘जात्रा’ फिल्म हिट भयो । समीक्षा धेरै पाठकसमक्ष पुगेर दर्शकहरू हलमा आउनुभयो । यसमा समीक्षाले राम्रो काम गरेको छ । त्यस्तै, ‘शत्रु गते’मा यति धेरै नकरात्मक समीक्षा भयो कि तर यसले प्रभाव पारेन । मेरो अहिलेसम्मको धेरै व्यापार गर्ने सिनेमा बन्यो । मेरो बुझाइ समीक्षाले प्रभाव पर्दा पनि रहेछ, पार्दैन पनि रहेछ । 

केकी अधिकारी : पाठकहरूले के रहेछ त भनेर समीक्षा पढ्ने तर ‘वर्ड अफ माउथ’कै कारण बढी दर्शकले फिल्म हेर्ने गरेको पाइएको छ । तर समीक्षामा पूर्वाग्रही पनि हुने गरेको पाइन्छ । 

समीक्षाबारेको रोचक अनुभव
नायिका केकी अधिकारी : नराम्रो पढ्ने यति बानी भइसक्यो कि राम्रो पढ्दा चाहिँ आँसु आउँछ । ला ! यो त अद्भूत नै भयो भन्ने हुन्छ । हाम्रा पनि कमजोरीहरू पक्कै छन्, कमजोरी सुन्ने नखोज्ने, सकारात्मक लेखेको छ भने फैलाइ हाल्ने ।

निर्देशक प्रदीप भट्टराई : मैले निर्देशन गरेको ‘शत्रु गते’ हेर्न देशैभरिका हलमा दर्शक खचाखच हुनुहुन्थ्यो । समीक्षा भने नराम्रो मात्रै आएको छ । मलाई त यति गाली आएको छ कि के गलत काममा लागेछु भन्ने भयो ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ५ : ५३ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ