कोशी प्रदेश टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि आर्मीलाई « Khabarhub

कोशी प्रदेश टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि आर्मीलाई


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

विराटनगर– पहिलो सिजनको कोशी प्रदेश टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि आर्मीले उचालेको छ । 

विराटनगर–१९ स्थित बैजनाथपुर क्रिकेट रङ्गशालामा शनिबार भएको फाइनल खेलमा नेपाल आर्मीले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्दै उपाधि उचालेको हो ।

टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा अलआउट हुँदै आर्मी सामु ११० रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य आर्मीले १२ दशमलव २ बल फालेर एक विकेटको क्षतिमा पुरा गरेको हो । जितका लागि ३ रन आवश्यक हुँदा इमरान शेखको चौकाको मद्दतले आर्मीले ११२ रन बनाउँदै प्रतियोगिता जितेको हो ।

आर्मीका ओपनर ब्याटर त्रितराज दासले ३३ बलमा २ छक्का र ५ चौकासहित अर्ध शतक बनाए । त्यस्तै इमरान शेखले दुई छक्कासहित ३८ को योगदान दिए ।आर्मीका सन्तोष कार्की दिनेश अधिकारीको बलमा क्याच आउट भएका थिए ।

कर्णालीले विपिन रावलले सर्वाधिक २७ रन जोडे । कप्तान रविन्द्र शाही र मनिष थापाले २१-२१ रनको योगदान गरे । दिनेश अधिकारीले १२ रन बनाए । त्यस्तै दिपेन्द्र रावत ६, अर्जुन घर्ती ४, हिमांशु शाही २, युनिश ठकुरी र अनुज चनारा १-१ रनमात्रै बनाए । दिवान पुनले नटआउट ५ रन खेलेका थिए ।

कर्णालीलाई रोक्न आर्मीका त्रितराज दास, शहाब आलम, सुमित श्रेष्ठ र बसिर अहमदले समान २-२ विकेट लिएका थिए । पवन कार्कीले पनि १ विकेट लिए।
जितसँगै आर्मी प्रतियोगिताको अविजित टोली बनेको छ । फागुन २२ देखि सुरु भएको प्रतियोगिताको फाइनलसम्म आइपुग्दा समुह ‘ए’ को शीर्ष टोली आर्मीले उपाधि समेत रक्षा गरेको हो ।

सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पन्छाउँदै फाइनल यात्रा तय गरेको आर्मीले अघिल्ला दुईवटा मुख्य राष्ट्रिय प्रतियोगिताहरूको उपाधिबाट चुक्नु पर्दाको पीडा कोशी प्रदेश ट्रफी उचालेर भुलेको छ ।

आर्मीले यस सिजनमा प्रधानमन्त्री कप र केपी आली कपको फाइनल खेलिसकेको छ । तर दुवै प्रतियोगिताको ट्रफीबाट उ विमुख बनेको थियो । आर्मी प्रधानमन्त्री कपमा पुलिससँग र केपी ओली कपमा मधेश प्रदेशसँग स्तब्ध बन्नु परेको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ४ : ५९ बजे

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय