सहिद स्मृति विद्यालयलाई अनुदान बढाइन्छ : प्रधानमन्त्री | Khabarhub Khabarhub

सहिद स्मृति विद्यालयलाई अनुदान बढाइन्छ : प्रधानमन्त्री


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

गण्डकी– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदका स्मृतिमा स्थापना भएका विद्यालयलाई सरकारले अनुदान बढाउने बताएका छन्।

कास्कीको पोखरा महानगरपालिका–१४ स्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको अवलोकनपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षदेखि अनुदान थप्ने प्रतिबद्धता जनाए।

‘सहिद स्मृति प्रतिष्ठानको नेतृत्वमा सञ्चालित देशका पाँचवटै सहिद स्मृति विद्यालय सञ्चालन राज्यले नै गर्नेगरी नयाँ मोडलको खोजी भइरहेको छ’, प्रधानमन्त्रीले भने, ‘अनुदान दयही वर्षदेखि बढ्ने विश्वास तपाईँहरूलाई दिलाउन चाहन्छु ।’ उनले सहिद स्मृति विद्यालयहरू नमूनाका रूपमा स्थापित भएकामा खुसी व्यक्त गरे ।

सो अवसरमा प्रधानमन्त्रीले विद्यालयको अवस्थाबारे जानकारी लिएका थिए । विभिन्न कार्यक्रममा सहभागी हुन आज पोखरा आएका उनी बाह्रखरी गल्फ प्रतियोगिताको समापन समारोहमा पनि सरिक भए। उनले प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेका थिए।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ५ : ३६ बजे

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी