शुक्लाफाँटामा चार दशकपछि घडियाल पुनःस्थापन | Khabarhub Khabarhub

शुक्लाफाँटामा चार दशकपछि घडियाल पुनःस्थापन


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चार दशकपछि घडियाल पुनःस्थापन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन केन्द्रबाट ल्याइएका तीन भाले र २२ पोथी घडियाल आज एक कार्यक्रमकाबीच शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको चौधरी नदीमा छाडिएको हो । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले सन् १९९० अघि चौधर नदीमा घडियाल रहे पनि त्यसपछि लोप भएका बताए। संकटापन अवस्थामा रहेको घडियाल गोहीको वैकल्पिक बासस्थानका रुपमा पहिचान भएकाले चितवनबाट यहाँ ल्याएर पहिलो चरणमा पुनःस्थापन गरिएको जानकारी दिए । 

घडियाल गोही स्वच्छ बगेको पानीमा पाइने, आहाराका रुपमा साना माछा मात्र खाने र सामान्यतया मानिसलाई असर नगर्ने संरक्षित लोपोन्मुख घस्रिने प्रजाति हो । यसअघि चितवन राष्ट्रिय निकुञ्जबाट यहाँ एकसिङ्गे गैँडासमेत स्थानान्तरण गरिएको थियो भने चितवनबाट एक हात्ती पनि यहाँ ल्याइएको निकुञ्जले जनाएको छ ।

आज बिहान चौधरी नदीमा गोही पुनःस्थापन कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी, बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहरा, बेल्डाँडी गाउँपालिकाका अध्यक्ष हरिषचन्द्र राना, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी मनोज थापा र कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी लगायतको सहभागिता थियो । 

तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ, गैँडा, बाह्रसिङ्गालगायतका वन्जयन्तुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

उनले घडियाल गोही पुनःस्थापनमा राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ, जेड एसएल नेपाललगायतका संस्थाको सहयोग रहेको जानकारी दिए। गोही पुनःस्थापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बोहराले शुक्लाफाँटा प्रचुर पर्यटकीय सम्भावना बोकेको निकुञ्ज भएको बताए । 

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ६ : १९ बजे

सरकारको प्राथमिकतामा गुणस्तरीय र जीवनोपयोगी शिक्षा : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा

अर्थ समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दैछ

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार सन्

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं – ऋषिपञ्चमी पर्व आइतबार नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको