शुक्लाफाँटामा चार दशकपछि घडियाल पुनःस्थापन « Khabarhub

शुक्लाफाँटामा चार दशकपछि घडियाल पुनःस्थापन


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चार दशकपछि घडियाल पुनःस्थापन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन केन्द्रबाट ल्याइएका तीन भाले र २२ पोथी घडियाल आज एक कार्यक्रमकाबीच शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको चौधरी नदीमा छाडिएको हो । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले सन् १९९० अघि चौधर नदीमा घडियाल रहे पनि त्यसपछि लोप भएका बताए। संकटापन अवस्थामा रहेको घडियाल गोहीको वैकल्पिक बासस्थानका रुपमा पहिचान भएकाले चितवनबाट यहाँ ल्याएर पहिलो चरणमा पुनःस्थापन गरिएको जानकारी दिए । 

घडियाल गोही स्वच्छ बगेको पानीमा पाइने, आहाराका रुपमा साना माछा मात्र खाने र सामान्यतया मानिसलाई असर नगर्ने संरक्षित लोपोन्मुख घस्रिने प्रजाति हो । यसअघि चितवन राष्ट्रिय निकुञ्जबाट यहाँ एकसिङ्गे गैँडासमेत स्थानान्तरण गरिएको थियो भने चितवनबाट एक हात्ती पनि यहाँ ल्याइएको निकुञ्जले जनाएको छ ।

आज बिहान चौधरी नदीमा गोही पुनःस्थापन कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी, बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहरा, बेल्डाँडी गाउँपालिकाका अध्यक्ष हरिषचन्द्र राना, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी मनोज थापा र कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी लगायतको सहभागिता थियो । 

तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ, गैँडा, बाह्रसिङ्गालगायतका वन्जयन्तुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

उनले घडियाल गोही पुनःस्थापनमा राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ, जेड एसएल नेपाललगायतका संस्थाको सहयोग रहेको जानकारी दिए। गोही पुनःस्थापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बोहराले शुक्लाफाँटा प्रचुर पर्यटकीय सम्भावना बोकेको निकुञ्ज भएको बताए । 

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ६ : १९ बजे

मन्त्रीको निर्देशनपछि सर्त उल्लङ्घन गर्ने बालाजु क्षेत्रको उद्योगको पानी र बिजुली काटियो

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि बालाजु

राष्ट्र बैंक नियमन नियन्त्रणका लागि मात्र होइन, उत्पादनमा सक्रिय हुनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल

मकवानपुरमा तरकारी बोकेको ट्रक दुर्घटना : एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर – त्रिभुवन राजमार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-२ स्थित तिलटारमा तरकारी

सरकार र अभियान्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका