सुन चाँदी व्यवसायलाई आधुनिकीकरण गर्नु जरुरी छ : मुख्यमन्त्री शाह « Khabarhub

सुन चाँदी व्यवसायलाई आधुनिकीकरण गर्नु जरुरी छ : मुख्यमन्त्री शाह


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

गोदावरी– सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले समयानुसार सुन चाँदी व्यवसायलाई आधुनिकीकरण गर्दै लैजानुपर्ने बताएका छन् ।

आज नेपाल सुनचाँदी व्यवसायी महासङ्घ सुदूरपश्चिम प्रदेश समितिद्वारा आयोजित चौथो प्रदेशसभा तथा दोस्रो अधिवेशन कार्यक्रममा उनले अग्रजले परम्परागतरूपमा गर्दै आएको व्यवसायलाई समयानुसार परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिए । 

मुख्यमन्त्री शाहले सुन चाँदी व्यवसायको कला र सीपलाई समाजले सम्मान गर्न आवश्यक रहेको बताउँदै सो व्यवसायलाई मर्यादित र व्यवस्थित गर्न जरुरी रहेको धारणा व्यक्त गरे।

पछिल्लो समय विदेशी गहनाहरूले बजार लिइरहेको अवस्थामा नेपाली गहना ओझेलमा पर्न सक्ने खतरा रहेको उनको भनाइ थियो । उनले परम्परागत मौलिक संस्कृति झल्किने गरगहना लोपोन्मुख अवस्थामा रहेकाले त्यसको संरक्षण गर्न आवश्यक रहेको बताए।

मुलुकको अर्थतन्त्रमा मात्र नभइ राष्ट्रको समृद्धिका लागि सुन चाँदी व्यवसायीको भूमिका अपरिहार्य भएको उनले बताए। 

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका सुदूरपश्चिम प्रदेश अध्यक्ष सन्तोष लामिछानेले नेपालका मौलिक गहनालाई राष्ट्रिय गहना घोषणा गर्न सरकारको ध्यान जानुपर्ने बताए। 

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ७ : ३५ बजे

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को