दलाल पुँजीपति वर्ग नेपाली समाजको प्रमुख शत्रु हो : माधव नेपाल | Khabarhub Khabarhub

दलाल पुँजीपति वर्ग नेपाली समाजको प्रमुख शत्रु हो : माधव नेपाल


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा जनताको सङ्घर्षबाट प्राप्त संविधान, गणतन्त्र र सङ्घीयताको रक्षा गर्नुपर्ने बताएका छन् ।

रौतहट–काठमाडौं सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले वर्तमान राजनीतिक व्यवस्था समाप्त पार्ने प्रवृत्ति बोकेका समूह, पार्टीहरू देश र जनताको प्रमुख समस्याको रूपमा देखा परेको बताए ।

कांग्रेससँग प्रतिस्पर्धा, सङ्घर्ष र कहिलेकाहीँ सहकार्य पनि हुने बताउँदै अध्यक्ष नेपालले भने, “सङ्घर्ष र सहकार्यको कुरा बुझ्न सकिएन भने सम्बन्ध अगाडि बढाउन सकिँदैन ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पार्टीलाई अस्वीकार र बेवास्ता गर्ने शक्तिप्रतिसमयमै सजग हुनुपर्नेमा जोड दिँदै आफ्नो पार्टीले राष्ट्रिय राजनीतिमा धेरै ठूलो भूमिका निर्वाह गर्न बाँकी रहेको बताए ।

अहिले दलाल पुँजीपति वर्ग नेपाली समाजको प्रमुख शत्रु रहेका उनको भनाइ थियो । अध्यक्ष नेपालले देश र जनतालाई हित हुने विषयमा हामीले जोसँग पनि सहकार्य गर्नुपर्ने विचार व्यक्त गरे ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  १० : १७ बजे

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी