बुढासुब्बा गोल्डकप : चौध वर्षपछि एनआरटीले जित्यो उपाधि « Khabarhub

बुढासुब्बा गोल्डकप : चौध वर्षपछि एनआरटीले जित्यो उपाधि


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

धरान – चौबीसौँ बुढासुब्बा गोल्डकपको उपाधि काठमाडौँको न्युरोड टिम (एनआरटी)ले जितेको छ । आज धरान रङ्गशालामा भएको फाइनलमा मोरङ फुटबल सङ्घलाई २–१ गोलले पराजित गर्दै एनआरटीले उपाधि हात पारेको हो ।

विसं २०६४ मा आयोजित १०औँ संस्करणको बुढासुब्बा गोल्डकपको विजेता एनआरटीले १४ वर्षपछि दोस्रोपटक उपाधि जितेको हो । जितसँगै एनआरटीले रु १० लाख, ट्रफी तथा मेडल पायो भने मोरङले उपविजेतामा चित्त बुझायो । उसले रु पाँच लाख पायो ।

फाइनलमा एनआरटीका अफिज ओलावालेले खेलको सातौँ मिनेटमै गोल गरेका थिए । साथै ४४औँ मिनेटमा मोरङका लागि उमेश कार्कीले गोल गर्दै खेल बराबरीमा पुर्याए । खेलको ५१औँ मिनेटमा एनआरटीका सरोज तामाङले गरेको गोल निर्णायक बन्यो ।

प्रतियोगीताभरको सर्वोत्कृष्ट खेलाडी एनआरटीका सनम लिम्बू घोषित हुँदै रु एक लाख प्राप्त पारे । एनआरटी ओफिज ओलावा र सरोज तामाङसँगै मोरङका उमेश कार्की होइस्कोरर घोषित भए । उनीहरूले जनही रु १२ हजार प्राप्त गरे ।

यस्तै उत्कृष्ट डिफेन्डर मोरङका महेन्द्र कार्की, उत्कृष्ट स्टाइकर एनआरटीका शिशिर लेखी, उत्कृष्ट मिडफिल्डर एनआरटीका जय गुरुङ, उत्कृष्ट गोलकिपर एनआरटीका पुजन होना, उत्कृष्ट प्रशिक्षक एनआरटीका जीवन सिन्खेमना घोषित हुँदै जनही रु २५ हजार प्राप्त गरे । खेलको प्लेयर अफ दी म्याच एनआरटीका पदम भट्टराई घोषित भए । उनले रु १० हजार प्राप्त गरे ।

धरान फुटबल क्लबको आयोजनामा फागुन २६ गते सुरु भएको प्रतियोगिताको समापनका अवसरमा कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले खेलकुदको विकासका लागि ऐन, नीति बनाएर कार्यान्वयन गर्ने बताए। कार्यक्रममा पत्रकार वसन्त बान्तवालाई उत्कृष्ट पत्रकारको रूपमा नगद रु १० हजारसहित सम्मान गरियो ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  १० : ३९ बजे

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

ख्वप (भक्तपुर)- भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

काठमाडौँ- युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने सम्भावना

मस्को- रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा ह्रास

काठमाडौँ- दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार