युक्रेनद्वारा आफ्नो कब्जामा रहेका पाँच नेपाली सार्वजनिक « Khabarhub

युक्रेनद्वारा आफ्नो कब्जामा रहेका पाँच नेपाली सार्वजनिक


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । युक्रेनले पाँच जना नेपालीसहित आफ्नो कब्जामा रहेका विभिन्न देशका आठ जना रुसी सैनिकलाई सार्वजनिक गरेको छ ।

शुक्रबार आफ्नो कब्जामा रहेका पाँच जना नेपालीलाई सार्वजनिक गर्दै युक्रेनले रुसी सेनामा आफ्ना नागरिकको भर्ना रोक्न नेपालसहितका देशलाई आग्रह गरेको हो ।

यसरी सार्वजनिक हुने नेपालीहरुमा बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुन रहेका छन् । अर्का एक नेपालीको भने पहिचान खुलेको छैन । उनीहरूलाई सैन्य पोसाकमै सार्वजनिक गरिएको थियो।

समाचार संस्था रोयटर्सका अनुसार युक्रेनले सार्वजनिक गरेका अन्य युद्धबन्दीहरू सोमालिय, क्युवा र सेरेआलियोनका रहेका छन् ।

युद्ध बन्दीहरु सार्वजनिक गर्दै युक्रेनका अधिकारीहरुले मस्कोले युद्धमा भाडाका सैनिकहरु प्रयोग गरेको र आफूले त्यसको कडा प्रतिवाद गर्ने बताएका थिए ।

‘कब्जामा लिइएका नागरिकहरू सार्वजनिक गरेर हामीले थप उग्र र प्रभावकारी कदम चाल्न आवश्यक भइसकेको सन्देश दिएका हौँ जसकारण अझै दशौँ हजार मानिसहरूलाई विपक्षीहरूले फकाएर भर्ती गर्न नपाउन्’ युद्धबन्दी हेर्ने युक्रेनी अधिकारी पेट्रो यात्सेन्कोलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।

रुसले न्यून आय भएका देशका नागरिकलाई युद्धको अग्रमोर्चामा खटाएको युक्रेनको आरोप छ ।

अहिलेसम्म रुसी सेनामा भर्ना भएका १९ जना नेपालीको मृत्यु भएको छ । नेपाल सरकारले रुसी सेनामा भर्ना भएका नेपालीहरूलाई फिर्ता गराउन कूटनीतिक प्रयास जारी राखेको छ ।

यस्तै रुसी सेनामा ज्यान गुमाएका परिवारलाई रुसी सरकारबाट क्षतिपुर्ती उपलब्ध गराउन, घाइतेको उपचार गर्न र त्यहाँ कार्यरत नेपालीहरूलाई फिर्ता पठाउन रुसी सरकारलाई पुन अनुरोध गरिएको समेत परराष्ट्रले बताएको छ ।

अवैध रुपमा रुसी सेनामा कार्यरत नेपालीको उद्धारमा नेपाल सरकारले पहल गरे पनि रुसी सेनामा भर्ना भएका नेपालीहरु युक्रेनी सेनाको आक्रमणबाट मृत्यु हुने क्रम अझै रोकिएको छैन ।

याे पनि…

 

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ११ : १७ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका