किन मनाइन्छ चैते दसैँ ? « Khabarhub

किन मनाइन्छ चैते दसैँ ?


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

आज चैते दसैँ । यस वर्ष तीन वटा दशैँ परेका छन् । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने २ वटा चैते दसैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

चैते दसैँ असोज–कार्तिकमा आउने मुख्य दसैँको एउटा प्रतिविम्ब चाडका रूपमा मानिन्छ । पहिलेपहिले मुख्य दसैँ चैतमा पर्ने गर्दथ्यो भनेर पुराना कथनहरूमा सुन्न सकिन्छ । यो समयमा खडेरी पर्ने, मौसम बदली साथै दसैँको खानेकुरा अनि हिँडडुलले धेरै जना बिरामी परेपछि दसैँलाई वर्षको मध्यमा सारिएको मान्यता छ ।

भारत, बङ्गलादेश अनि म्यानमारमा चैते नवरात्रि भनेर मनाउने चलन छ । नेपालका सुदूरपश्चिम भेगमा पनि मुख्य चाडकै रूपमा मनाउने गरिन्छ ।चैते दसैँलाई कतिपय ठाउँमा सानो दसैँ भनेर मान्ने चलन छ ।

देवी शक्तिको दानवीय शक्तिमाथि विजय उत्सवका रूपमा मनाइने चैते दसैँमा पनि मुख्य दसैँमा झैँ विभिन्न शक्तिपीठहरुमा पशु बलि भोग दिने गरेर मनाइन्छ  ।

चैत शुक्ल अष्टमीका दिन उपत्यकाभित्र गुह्येश्वरी, दक्षिणकाली, शोभा भगवती, रक्त काली, नक्साल भगवती, मैतीदेवी र सङ्कटामा बिहानैदेखि दर्शनार्थीको घुइँचो लाग्ने गर्छ ।

तलेजु भवानी, हनुमान ढोका दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर लगायतका उपत्यकाका मन्दिरहरूमा आज बलि दिइन्छ र यस्ता बलि दिने कार्यक्रममा नेपाली सेनाको समेत सहभागिता रहन्छ ।

धार्मिक मान्यता अनुसार आजकै दिन मर्यादा पुरुषोत्तम श्री रामचन्द्र आफ्नो १४ वर्षे वनवास सकाएर अयोध्या फर्किएको खुसियालीमा चैते दसैँ मनाउन थालिएको हाे ।

त्यसै गरी भगवान् रामलाई रावणको वध गर्न देवी दुर्गाले मद्दत गरेको विश्वासमा राम अनि दुर्गा लगायत अन्य धेरै देवीदेवताको पूजा गरेर चैते दसैँ मनाइन्छ ।

चैते दसैँमा पनि दुर्गा पूजा गरी मिष्टान्न भोजन चढाइन्छ ।  घरमा उपलब्ध खाद्यान्न परिकारहरूलाई बनाई तुल्याई खाई छोरी चेली लगायत दिदी–बहिनीलाई बोलाएर खुवाउने र रमाइलो गर्ने चलन छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ६ : ५४ बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको