जितपुरसिमरा गोल्डकपको उपाधि पुलिस क्लबलाई | Khabarhub Khabarhub

जितपुरसिमरा गोल्डकपको उपाधि पुलिस क्लबलाई


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १४औँ संस्करणको जितपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।

गएराति सिमरा रंगशालामा भएको खेलमा मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै पुलिसले उपाधि जितेको हो ।

खेलको निर्धारित ९० र अतिरिक्त ३० मिनेटको समयमा दुवै पक्षबाट कुनै गोल नएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

पेलाल्टी सुटआउटमा पुलिसका रामचन्द्र वाजी, पुजन राई, सुजन मगर र आशिष राईले गोल गरेका थिए भने मच्छिन्द्रका विशाल तामाङ, दिवाकर चौधरी र सनिस श्रेष्ठले मात्र गोल गरे । मच्छिन्द्रका सौरभ लिम्बू र चन्दन दास गोल गर्नबाट चुकेका थिए ।

नव जनजागृती युवा क्लबले आयोजना गरेको प्रतियोगितामा विजेता बनेको पुलिसले ट्रफीसहित १० लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता बनेको मच्छिन्द्र क्लबले ५ लाख रुपैयाँ प्राप्त पाएको छ ।

यस्तै, फाइनल खेलमा पुलिसका अमित टमाटा प्लेयर अफ दी म्याच र सन्जित श्रेष्ठ उत्कृष्ट गोलकिपर घोषित भए ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ७ : २९ बजे

जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं – परराष्ट्रमन्त्री मन्त्री डा. आरजु राणा देउवाले नेपाल र

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल