इंग्लिस प्रिमियर लिग : एभर्टनमाथि चेल्सीको ६ गोल | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग : एभर्टनमाथि चेल्सीको ६ गोल


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सीले सानदार जित निकालेको छ । स्ट्यामफोर्ड ब्रिजमामा गएराति भएको खेलमा एभर्टनलाई ६–० गोलले हराउँदै चेल्सी विजयी भएको हो ।

चेल्सीको जितमा कोल पाल्मरले चार तथा अल्फी गिलक्रिस्ट र निकोलस ज्याक्सनले एक–एक गोल गरेका थिए ।

खेलमा चेल्सीका पाल्मरले खेलको १३औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । त्यसपछि उनले १८औँ, २९औँ र ६४औँ मिनेटमा गोल गरेका थिए । यस्तै, निकोलसले ४४औँ मिनेट र अल्फीले ९०औँ मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै चेल्सी ३१ खेलबाट ४० अंक जोडेर तालिकाको नवौँ स्थानमा छ भने पराजित भएको एभर्टन ३२ खेलबाट २७ अंकसहित १६औँ स्थानमा छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ७ : ४८ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता